असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन सम्पन्न

१६ भाद्र २०६९, शनिबार १३:०० मा प्रकाशित


काठमाडौं, भदौ १६ । आगामी सत्रौं सम्मेलन भेनेजुयलामा गर्ने निर्णयसंगै असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन इरानको राजधानी तेहरानमा सम्पन्न भएको छ । सम्मेलनले परराष्ट्रमन्त्री र सचिवस्तरीय तथा मुख्य सत्रहरुमा विभिन्न देशका नेताहरुले पेस गरेका मन्तव्य र विचारका आधारमा तेहरान घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा विश्व शान्ति र भाइचाराका लागि कुनै पनि पक्षमा नलागी गरिव तथा अल्पसंख्यक देशहरुको साझा सवाल उठाउन आन्दोलन प्रभावकारी रहेको उल्लेख गरिएको छ ।
यसैगरी शान्तिपूर्ण प्रयोजनका लागि आणविक हतियार उत्पादन गर्न पाउनु कुनै पनि राष्ट्रको नैसर्गिक अधिकार भएको पनि घोषणापत्रमा उल्लेख छ । अल्पविकसित देशहरुमा फैलिएको गरिवी, रोग, शोकबाट मुक्त गर्नका लागि सबैको प्रयास अपरिहार्य रहेको सम्मेलनको निश्कर्ष छ ।
समापन समारोहमा सम्बोधन गर्दै इरानी राष्ट्रपति मोहमद अहमद दिनेजादले विश्व एकता र भाइचारामा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार