कुन महामारीबाट कहिले, कति जनाको मृत्यु भयो ?

हैजाका सात महामारीमध्ये तेश्रोलाई सबैभन्दा घातक मानिएको छ । १९औं शताब्दीमा हैजाको तेस्रो ठूलो प्रकोप सन १८५२ देखि १८६० सम्म चल्यो । पहिलो र दोस्रो महामारीको जस्तै तेस्रो हैजा महामारी भारतमा उत्पत्ति भएको थियो । बेलायती चिकित्सक जोन स्नोले दूषित पानीका कारण हैजा हुने पत्ता लगाएका थिए ।
१६ माघ २०७७, शुक्रबार ०८:५० मा प्रकाशित

विश्वमा कोरोना भाइरसले आतंक सिर्जना गरिरहेका बेला यस अघि आएका महामारीबाट मान्छेहरुको निधन भएकै थिएन त ? थियो भने कहिले, कुन रोगका कारण कति मान्छेको मृत्यु भएको थियो ? यीनै विषयमा हामीले केही तथ्यांक फेला पारेका छौं । वीकीपिडियालाई मुलआधार मानेर तयार गरिएको समाचारमा सबैभन्दा बढी सन् १३१४ देखि १३५१ सम्म फैलिएको बुबोनिक प्लेगबाट साढे सात करोड देखि २० करोड मानिसको मृत्यु भएको बताईन्छ । यस्को भयावह अवस्थालाई लिएर यस्को नामनै ब्ल्याक डेथ राखिएको थियो । अहिले कोरोना भाइरसको संक्रमणबाट जम्मा २१ लाख ७० हजार मात्र मान्छे मरेका छन् । कोरोना संक्रमितको कुल संख्या १० करोड १५ लाख मात्र छ ।

सन् १६५ देखि एन्टोनाइन प्लेगबाट ५० लाख मान्छेले ज्यान गुमाएका थिए । यस्ले रोमन सेनालाई ध्वस्तपारेको थियो । तर हालसम्म पनि यो रोग यही नै हो भन्ने बैज्ञानिक आधार फेला परेको छैन । सन् ५४१ देखि ५४२ सम्म फैलिएको प्लेग अफ जोष्टिनियनबाट करिव २ देखि ३ करोडको ज्यान गएको थियो भने १५औं शताब्दीको सन् ४२६ देखि २९ सम्म फैलिएको भाइरल फिवरबाट ७५ हजारदेखि १ लाखको ज्यानगएको अनुमान गरिएको छ । ग्रिस वरपर फैलिएको यो भाइरललाई हेमोरहजिक नाम दिइएको थियो ।

सन् ७३५ देखि ३७ सम्म फैलिएको जापानी फिबर (विफर) ले १० लाखको ज्यान लिएको थियो । केही अनुसन्धान कर्ताले स्मल पक्सबाट २५ देखि ३० प्रतिशत जापानीको मृत्यु भएको बताएका छन । सन् १३१४ देखि १३५१ सम्म चलेको ब्ल्याक डेथ (बुबोनिक प्लेग) बाट मेडिटेरीयन क्षेत्रका ४० प्रतिशत मानिस अर्थात २ करोड ५० लाख व्यक्तिको मृत्यु भएको अनुमान छ । सन् १५२० मा बिफर (स्मलपक्स) ले ५ करोडको ज्यान लिएको थियो । सन् १६०० सत्रांै शताब्दीमरिको प्लेगबाट मर्नेहरुको संख्या ३० लाख थियो भने १८औं शताब्दी अर्थात सन् १७०० मा मर्नेहरुको संख्या ६ लाख थियो । सन् १८१७ देखि १९३० सम्म फैलिएको हैजा–६ले करिब ८ लाखको ज्यान लिएको थियो । सन् १८४६ देखि १८६० मा आएको हैजाको तेस्रो प्रकोपबाट १ करोड बढी मानिसको ज्यान गएको अनुमान छ ।

सामान्यतया हैजाका सात महामारीमध्ये तेश्रोलाई सबैभन्दा घातक मानिएको छ । १९औं शताब्दीमा हैजाको तेस्रो ठूलो प्रकोप सन १८५२ देखि १८६० सम्म चल्यो । पहिलो र दोस्रो महामारीको जस्तै तेस्रो हैजा महामारी भारतमा उत्पत्ति भएको थियो । बेलायती चिकित्सक जोन स्नोले दूषित पानीका कारण हैजा हुने पत्ता लगाएका थिए ।

सन् १९१८ देखि १९२० अर्थात १ वर्ष फैलिएको स्पेनिस फ्लुबाट ४ करोडदेखि १० करोड नागरिक मरेको अनुमान गरिएको छ । १८औंं शताब्दीको अन्त्यतिर यल्लो फिवरबाट १ लाख ५० हजार व्यक्तिको निधन भएको थियो । सन् १८८९ देखि ११८९० सम्म फैलिएको रसियन प्mल्युबाट १० लाखको ज्यान गएको थियो भने सन् १९८१ देखि सूरु भएको एचआइभी (एडस) बाट हालसम्म ३ करोडभन्दा बढीको निधन भैसकेको छ ।

सन् १९५७ देखि १९७० सम्म फैलिएको एशियन प्mल्यु र हङकङ प्mल्युबाट २१ लाख मानिसको निधन भएको थियो । सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाइन प्mल्युबाट २ लाखको मृत्यु भएको थियो भने सन् २०१४ देखि १६ सम्म फैलिएको इबोलाबाट ११ हजार ३ सयको ज्यानगएको थियो । चीनको वुहानबाट २०५ देशभन्दा बढीमा देशमा फैलिएको कोरोना भाइरसबाट हालसम्म करिव ९६ हजार नागरिकले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९