श्रीमानलाई सहिद घोषणा गर्न माग गर्दै आत्मदाहको चेतावनी

१६ भाद्र २०६९, शनिबार ११:४५ मा प्रकाशित

काठमाडौं, १६ भदौ । अज्ञात समूहबाट हत्या गरिएका कुस्ती खेलाडी उपेन्द्रदास वैरागीलाई सहिद घोषणा गर्न माग गर्दै वैरागीकी पत्नीले सात दिनमा माग पूरा नभए आफ्ना दुई छोरासहित सिंहदरबारको मूल गेटमा आत्मदाह गर्ने चेतावनी दिएकी छिन् । मृतक श्रीमानलाई सहिद घोषणा गरी हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्ने श्रीमती रामकुमारी यादवको माग छ ।
सन् १९९९ को आठौं साफ खेलकुदमा कुस्ती खेलमा काश्य पदक विजेता अन्तर्राष्ट्रिय कुश्ती खेलाडी उपेन्द्रदास वैरागी (यादव)को १४ महिनाअघि अज्ञात समूहबाट हत्या भएको थियो । यतिका समय बितिसक्दा पनि वितिसक्दा पनि राज्यले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको र पीडित परिवारलाई राहत नदिएकोमा श्रीमती यादवको गुनासो छ । श्रीमान्लाई सहिद घोषणा गरी आफ्ना दुई छोराहरुको पालनपोषण र शिक्षादीक्षाको जिम्मासमेत राज्यले लिनुपर्ने श्रीमती यादवले माग गरिन् ।
रौतहट जिल्लाको प्रेमपुर–१ गोनाही गाउंका स्थायी निवासी वैरागीको २०६८ असार २३ गते रौतहटको गौरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार