ठग पेट्रोलपम्पले उल्टै कर्मचारी धम्क्याए

१६ भाद्र २०६९, शनिबार १०:५४ मा प्रकाशित


भक्तपुर, १६ भदौ । महंगी, कालाबजारी र अभावले आमजनता सताइएको परिवेशमा पेट्रोलपम्पले समेत मिटरमा देखाएजति तेल नदिएर ठग्ने गरेको प्रमाण फेलापरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुगमनमा पम्पले यसरी ठग्ने गरेको भेटिएको छ । प्रशासनले नियमित तेल भर्ने सल्लाघारीको सूर्यविनायक पेट्रोलपम्पले ५ लिटर डिजेल बिक्री गर्दा ३० एमएल कम दिने गरेको फेला पारेको हो । उसले १ हजार लिटर तेल बेच्दा ६ लिटर डिजेल कम दिने गरेको देखिएको छ ।
अनुगमनमा ठगी भेटिएपछि पम्पका कर्मचारीले मेसिन बिग्रीएको भन्दै टार्न खोजेका थिए । प्रशासनको कुपनका आधारमा पम्पले उधारो तेल दिने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भोजराज भट्टराईको नेतृत्वमा प्रहरी, आयल निगम, नापतौल तथा गुणस्तर विभाग, उपभोक्ता मञ्चका प्रतिनिधिले अनुगमन गरेका थिए । उपभोक्ताले पैसा तिरेअनुसार तेलको मात्रा उपलब्ध नगराएको भन्दै प्रशासनले सो पम्प बन्द गर्न निर्देशन दिएको छ । यसरी बन्द गर्न निर्देशन दिएलगत्तै पम्प सञ्चालकले बाहिरबाट मान्छे बोलाएर धम्क्याएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस