बढ्दो महंगी : राष्ट्र बैंक भन्छ महंगी घट्यो

१६ भाद्र २०६९, शनिबार १०:५० मा प्रकाशित


काठमाडौं, १६ भदौ । दिनानुदिन बढिरहेको महंगीको रापले जनता पिल्सिएका छन् । सहर वा गाउँ, सबैतिरका उपभोक्ताले वर्षैभरी मूल्य वृद्धि बढेको महसुस गरे पनि नेपाल राष्ट्र बैंकले भने अघिल्लो वर्ष ९।६ प्रतिशत रहेको मूल्यवृद्धि गत वर्ष ८।३ प्रतिशतमा झरेको भन्दै मूल्यवृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकको दृष्टिमा खाद्यान्न तथा पेय पदार्थको मूल्य घटेका कारण समग्र मूल्यवृद्धि घटेको हो । खाद्यान्न र पेय पदार्थको मूल्य गत वर्ष १४।७ प्रतिशतले वढेकोमा यस वर्ष जम्मा ७।७ प्रतिशत मात्र बढेको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले गत वर्षको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै गैरखाद्य तथा सेवा क्षेत्रको मूल्य वृद्धि ९ प्रतिशतले बढेको जनाएको छ। अघिल्लो वर्ष यो ५।४ प्रतिशतले वढेको थियो। यस्तै, तरकारीको मूल्यवृद्धि सबैभन्दा बढी २४।२ प्रतिशतले वढेको छ। फलफूल, घिउ तथा तेल र दूध तथा अण्डाको मूल्य पनि उच्च अंकले वढेको छ। फलफुलको १६।९, घिउ तथा तेलको १४।४ र दुध तथा अण्डाको १३।६ प्रतिशतले मूल्य वढेको छ। होटलका खानाको मूल्य साढे १५ प्रतिशतले वढेको छ।

यातायात, लत्ताकपडालगायतको समेत मूल्य बढेको छ। फर्निसिङ्ग तथा घरायसी उपकरण र शिक्षाको खर्च पनि वढेको छ। तर गत वर्ष सञ्चार क्षेत्रमा गरिने खर्च भने घटेको छ। गत वर्ष सबैभन्दा वढी महँगीको मार पहाडका उपभोक्ताले खेप्नु परेको छ। पहाडको मूल्य वृद्धि ९।७ प्रतिशतले वढेको छ। तराईको ८।१ र काठमाडौं उपत्यकाको ७।४ प्रतिशतले मूल्य वृद्धि वढेको छ। तराईमा बाहेक दुई क्षेत्रमा अघिल्लो वर्षको तुलनामा भने मूल्य वृद्धि अनुपात भने घटेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ