खाडीको यात्रा

१४ माघ २०७७, बुधबार १९:०४ मा प्रकाशित

मैले सामाजिक संजालमा

मातृभूमिका  नेतालाई गाली गरिरहदा
त्यो गांउको ठिटो घरजग्गा धितो राखेर
खाडीमा सुन्दर संसारको सपना देख्छ।।
मातृभूमिका हाम्रा ती नेताहरु
सडकमा महिलाका खिल्ली उडाइरहदा
खाडी जान लागेको ठिटोकी आमा र श्रीमती
आउने साल चुहिएको छानो टालिने आश गर्छन्।।
बीच सडक  सोफामा बसेर
सर्वहारावादको  मजाक उसले गर्दा
काधमा ऋण र हातमा पासपोर्ट बोकेको ठिटो
खाडीको पैसा फल्ने रुखका कल्पनामा रमाउछ ।।
देशको भविष्य बोकेको विद्यार्थी  नेता
नागरिक समाजको अगुवाईमा ढुंगा ताकिरहदा
खाडी ५५ डिग्रीको तापक्रमा त्यो ठिटो
आफ्नै भविष्य खोजिरहन्छ।।।
कार्यकर्ता र साइबर सेनाको होडमा
रेमिटान्स अनि नोटभोटले गर्दा
प्राण उडेर खाडीमा सुतेको त्यो ठिटो
त्यही जहाज चढेर बाकसमा आउछ।।।
कठै विचरा भन्छन सबै
छापा र समाचारले भावुक कोही हुदा
खाडीको यात्रामा फेरि अर्को ठिटो
बाध्यताले कालको मुखमा छिर्न तयार छ।।।।
बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो