क्रान्तिकारीबाट नेवि संघका नेता कुटिए

१६ भाद्र २०६९, शनिबार ०७:०८ मा प्रकाशित

काठमाडौं, १६ भदौ । अनेरास्ववियु (क्रान्तिकारी)का कार्यकर्ताले नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस त्रिवि कीर्तिपुरका वर्तमान इकाइ अध्यक्ष सुदर्शन पोखरेल र पूर्व एकाइ अध्यक्ष शङ्कर गौतमलाई कुटपिट गरेको भन्दै संघले क्याम्पसको पाठनपाठन ठप्प पारेको छ। गुण्डागर्दी शैलीमा सङ्घका कार्यकर्तामाथि कुटपिट गरिएको भन्दै नेवि सङ्घले दोषीमाथि तत्काल कारबाहीको माग गरी पठनपाठन ठप्प पारेको हो। कुटपिटका कारण घाइते भएका पोखरेल र गौतमको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला घाइते पोखरेल र गौतमलाई भेट्न त्रिवि शिक्षण अस्पताल गएका थिए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल