आइतबारदेखि कालाबजारीयामाथि कडा कारबाही गर्ने प्रजिअको दाबी

१६ भाद्र २०६९, शनिबार ०६:५९ मा प्रकाशित

काठमाडौ, १६ भदौ । बजारमा कृत्रिम अभाव सृजना गरी अनियन्त्रित मुनाफा खान पल्केका कालोबजारीलाई नियन्त्रण गर्न नेपाल राजपत्रमै अत्यावश्यकीय उपभोग्य बस्तुको मुल्यसूचि प्रकाशित गरेर अंकुश लगाउने तयारी सरकारले गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी चुणामणि शर्माले कालाबजारी नियन्त्रणको लागि त्यस्तो उपाय अपनाउने तयारी भइरहेको जानकारी दिए ।
प्रजिअ शर्माले उनले दैनिक उपभोग्य बस्तुको मुल्य निर्धारणको स्पष्ट आधार नभएकोले ब्यापारीहरुले कृतिम अभाव सृजना गरी कालावजारी गरेको दावी गर्दै आफूहरुले नागरिकसँग मिलेर बजारको अब नियमित अनुगमन गरिरहने प्रतिबद्धता ब्यक्त गरे । आफूहरुले दुई तरिकाको बजार अनुगमन जारी राखेको जानकारी दिंदै नाफाखोरी र सार्वजनिक स्वास्थ्यमा असर पार्ने गरी मिसावट गर्नेलाई आईतबारदेखि कारवाही थाल्ने निर्णय भइसकेकोले अब धमाधम कारवाही गरिने उनले दाबी गरे ।
साल्टटे«डिङको कमजोर ब्यवस्थापनका कारण बजारमा पछिल्लो समयमा चिनिको अभाव सृजना भएको भन्दै शर्माले अहिले दशै, तिहार र छठ गरी तीन महिनाका लागि चिनीको अभाव नहुने ठोकुवा गरे ।
उनले चाडबाडको मौका छोपेर कसैले कृतिम अभाव सृजना गरेको पाइए कालोबजारी ऐनअनुसार कडा कारवाही गर्ने स्पष्ट पार्दै अब नियमित र प्रभावकारी अनुगमन गरिने बताए । उनले चिनी ८० र नुन १५ रुपैया किलो मुल्य निर्धारण भएको जानकारी दिंदै त्योभन्दा बढी मुल्य कसैले लिए त्यसलाई कालाबजारी ऐनअनुसार कारवाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले