‘गैर आवाशीय नेपाली संघको विधानमा रहेको अन्यौल समाप्त भएकोछ’

१४ माघ २०७७, बुधबार ०१:४७ मा प्रकाशित

बाबा राजेश्वरी थापा, भियना, अस्ट्रिया । विवाद, कलह र रस्साकस्सी बीच भएको आन्तरिक सहमति पछि गैरआवासीय नेपाली संघ (एनअरएनए) को विशेष महाधिवेशन सम्पन्न भएको छ । यसै साता अनलाइन प्रविधिको सहयोगमा सम्पन्न संघको विशेष महाधिवेशनले विधान संसोधन लगायत महत्वपूर्ण विषयमा नीतिगत निर्णय गरेको छ । सरोकारवाला नेपाल सरकारका परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न एनअरएनए विशेष महाधिवेशनले गरेको निर्णय र संघको भविष्यका बारेमा संघ सम्बद्ध पदाधिकारीहरुसंग गरिएको कुराकानीको सार संक्षेप ।


डा. बद्रि के सी, उपाध्यक्ष

समग्रमा विशेष अधिवेशन सफल भएको छ । विगतमा आर्थिक प्रतिवेदन समय मा पारित नहुने समस्या रहेको तर यस पटक आर्थिक प्रतिवेदन पारित भएको छ । सन् २०१३ देखी संसोधनको लागी प्रस्ताब गरिएको तर सधै विभिन्न कारण महाधिबेशनमा प्रस्तुत भै पारित हुन नसकेको महत्वपुर्ण विषयहरु र गत महाधिबेशनमा निर्वाचनको कारण प्रस्तुतै हुन नसकेको विधानका केही विषयलाई यस विशेष अधिवेशनले पारित गर्न सफल भएको छ। साथ साथै कोभिड १९ मा संघले गरेको कार्यहरु, कोरोना भाइरस महामारीले गर्दा विदेशमारोजगारी गुमाएका, अलपत्र परेका र विभिन्न समस्या भई स्वदेश फर्केका श्रमिकहरुलाई संघले पुर्याएको राहतले संघ गैर आवाशीय नेपाली माझ सुख दुखको सहयोगी संस्थाको रुपमा स्थापित भएको छ । केहि असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा विशेष अधिवेशन विरुद्ध उजुरी गरे पनि अन्तत सहमतिमै संघको सांगठानिक संरचना र विधान संसोधन जस्तो महत्वपूर्ण नीतिगत निर्णय मार्फत संघलाई पुनर्जीवन मिलेको छ ।


गंगाधर गौतम, उपसंयोजक – विधान संशोधन सुझाव समिति

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ केन्द्रिय महाधिबेशनमा प्रस्ताबित आर्थिक प्रतिबेदन, कार्यप्रगति प्रतिवेदन तथासन २०१३ देखि बिभिन्न सम्मेलन तथा अधिबेशनहरुमा प्रस्ताव गरिएका र छलफलमा आएका बिधानका समग्र बिषयहरुलाई सस्थागत रुपमापारित गर्ने मुख्य उद्धेश्यले आयोजित बिशेष महाधिबेशनले सस्थालाई रूपांतरण गर्न स्मार्ट एनआरएनए, अन्लाइन मतदान लगायत महत्वपुर्णबिषयलाई बिधान संशोधन सुझाब समितीको संसोधित बिधान लाई सर्बससम्मत पारित गरेको छ। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रियसमन्वय परिषदका अति महत्वाकाक्षी तिन परियोजनाहरु लाप्राक,केन्द्रिय भवन र शङ्खमुल पार्क निर्माण मा देखिएका आर्थिक त्रुटीहरुलाईकानुनी रुपमा ब्यबस्थापन गर्दै तिन सदस्यीय समिती मार्फत पारदर्शी गर्ने गरि आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ। समग्रतामा बिषेशमहाधिबेशन सहमती र सहकार्यको आधारमा सम्पन्न भएका हिसाबले प्राबिधिक रुपमा भर्चुअल अधिबेशन पहिलो पटक आयोजना गरिएकोहुदाँ सानातिना केही कमिकमजोरी रहेपनि अधिबेशनको मुल उद्धेश्य पुरा भएको हुदाँ मेरो बिचारमा विशेष अधिवेशन सफल रहेको धारणा ब्यक्त गर्दछु ।


रामशरण सिमखडा, उपसंयोजक – विधान संशोधन सुझाव समिति

सन् २०१३ देखी संसोधनको लागी प्रस्ताब गरिएको तर कतिपय महाधिबेशनमा प्रस्तुत भै पारित हुन नसकेको त गत महाधिबेशनमा निर्वाचनकोकारण प्रस्तुतै हुन नसकेको विधानका केही विषयलाई टुंग्गो लगाउदै हिजो सम्पन्न संस्थाको ऐतिहांसिक एकता बिषेश महाधिबेसन सम्पन्नभएको छ । भलै कतिपय कुराहरुमा मत-मतान्तर होला तर संस्थाको सर्बोच्चता र ऐतिहांसिक बिरासतलाई कायम बिगतका नमिठापरिघटनाबाट पाठ सिक्दै भावी पुस्तालाई सुसंस्कृति स्वच्छ आप्रवासी समाज हस्तान्तरण गर्ने प्रयासको छनक यो बिषेश अधिबेशनले दिएकोछ। अक्टोबर ३१ – २०२० मा गठित विधान संशोधन समितिको उपसंयोजकको रुपमा मिहिनरुपमा काम गर्ने अवसर मिल्यो । जसको लागीअध्यक्ष कुमार पन्त, बिभागिए प्रमुख महासचिब डा हेमराज शर्मा तथा समिति संयोजक भुषण घिमिरे ज्यू लगायत समितिका सम्पूर्णमाधन्यबाद ।यस बिचको करिब १०० दिनमा ३१ वटा भर्चुअल बैठकमा १ सय ७५ घण्टा सुझाब संकलनमा बिताईएछ। करिब १३ सय जनासंगसुझाव संकलन गरिएछ – ४२ वटा एनसिसीहरुबाट लिखित सुझाब आएछन। यो तहमा बिधानलाई छलफल मा लगिएको सायदै पहिलो पटकहोला भन्ने लाग्छ । यस प्रकृयामा सहभागी सबै सबै प्रति मनैबाट धन्यबाद । संशोधित विधानले एनआरएनका भाबना अनुरुप निर्वाचनमादेखिएका कमिकमजोरी, महिला, युवा, दोश्रो पुस्ता तथा पेशागत-बिज्ञहरुलाई मात्रात्मक रुपमा मुल प्रबाहमा ल्याउने प्रयास गरेको छ । प्रायसएनसिसीहरुमा सदस्यता शुल्क तथा केन्द्रमा डेलिगेट्सको शुल्क मा देखिएको ब्यथितीलाई सम्बोधन गर्न सैद्धान्तिक सहमती दिएको छ ।संस्थाको रुपान्तरण र बिगतमा देखिएका कमि कमजोरी र बिसंगतीहरुलाई हटाउने मुख्य उदेश्यले विधान संशोधन गरिएको छ । यो कसैकोहारजित भन्दा माथि उठेर गरिएको विशेष सहमति थियो भलै यो लोकतान्त्रीक नहुंदा नहुंदै पनि बृहत्तर हितमा देखिएको ले सबैले स्वीकार गर्यौ। विगत १८ वर्ष देखी गैरआवासीय नेपाली संघप्रतिको लगाव, समर्पण, अनुभव र जिम्मेवारीहरुको आधारमा यो ऐतिहासीक क्षणमा सहभागीहुन पाउंदा गौरव को अनुभूती भएको छ । यो नै अन्तिम हैन – प्रस्थान बिन्दु सकारात्मक छ । यहांहरुबाट प्राप्त अमूल्य सुझाबहरु समेट्दासमेट्दै गर्दा अन्तमा संझ्यौताको दस्ताबेज बनाउनु पर्ने भएकोले यसमा थुप्रै उठान भएका बिषयहरु पछिल्लो समयमा छाड्नु पर्यो – जस प्रतियहांबाट क्षमाको अपेक्षा गरेको छु – साथै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा समेत गर्दछौ । सबै सबैलाई आभार व्यक्त गर्दछु ।

अन्य जिम्मेवार व्यक्तिहरुसंग प्रतिक्रिया लिन खोज्दा धेरै सम्पर्कमा आउन चाहेनन्। गैरआवासीय नेपाली संघ विशेष अधिवेशनलाई सफलतार असफलतालाइ तराजुमा तौलिरहदा एक गलत प्रवृत्तिलाइ यो विशेष महाधिवेशन प्रश्रय दिएको प्रष्ट हुन्छ। विधान संशोधन सुझाव समितिगठन भएदेखि र विशेष महाधिवेशनको तय गरिदा सम्म एउटा पक्ष बिद्रोहमा उत्रिएको थियो। विधान संशोधन सुझाव समितिलाइ त्यहाँचयन भएका व्यक्तिहरुको चित्र हेरेर अबैधानिक प्रमाणित गर्न लामो कसरत गर्न खोजिएको थियो। यस कुरालाई पुस्टि विशेषअधिवेशनको केहि दिन अगाडी गरिएको गुपचुप कोठे सहमतिले स्पस्ट गरेको थियो भने बारम्बार एनआरएन भित्र अपनत्वको पाठ जपिरहनेपक्षनै आफ्नाको र आफ्नो आवाज उचो पार्न तल्लिन रहेको प्रमाण विशेष अधिवेशनमा आफ्नै पक्षलाई मात्र विचार राख्ने अवसर प्रदान गर्नदबाब च्याट बक्समा लेखिएको कमेन्टले प्रस्ट गर्यो । यसरी बोल्ने धेरै वक्ताहरु विषय बाहिर गएर अर्थहीन विचार राखी समय नस्ट गरिरहेकादेखिन्थे। अभियन्ताहरुको मपाईत्वले नै एनआरएन भित्र आँशुको व्यापार बढेर दोश्रो पुस्ता टाढिएको तथ्य व्यवस्थापनले स्विकार्नु पर्छ।

गैरआवासीय नेपाली संघ विशेष अधिवेशनलाई सफलता र असफलतालाइ तराजुमा तौलिरहदा एक गलत प्रवृत्तिलाइ यो विशेष महाधिवेशनप्रश्रय दिएको प्रष्ट हुन्छ। विधान संशोधन सुझाव समिति गठन भएदेखि र विशेष महाधिवेशनको तय गरिदा सम्म एउटा पक्ष बिद्रोह माउत्रिएको थियो। विधान संशोधन सुझाव समितिलाइ त्यहाँ चयन भएका व्यक्तिहरुको चित्र हेरेर अबैधानिक प्रमाणित गर्न लामो कसरत गर्न खोजिएको थियो तथ्य विशेष महाधिवेशनको केहि दिन अगाडी गरिएको गुपचुप कोठे सहमतिले स्पस्ट गरेको थियो भने बारम्बार एनआरएनभित्र अपनत्वतो को पाठ जपिरहने पश्य नै आफ्नाको र आफ्नो आवाज उचो पार्न तल्लिन रहेको प्रमाण विशेष प्रतिनिधिहरुलाई बोल्ने मौकानदिने, प्रेसलाइ कुनै स्थान नदिनुले एनआरएन भित्र आँशुको व्यापार बढेर दोश्रो पुस्ता टाढिएको तथ्य व्यवस्थापनले स्विकार्नु पर्छ।
वर्तमान विधानको धेरै विषय स्पष्ट गरेको छैन। यस पटक पहिलो चोटी प्रयोगमा ल्याइएको जुम प्रविधिले विधान सभालाई समेत सजिलोपरेको थियो। तर आफ्नो अस्तित्व गुम्ने त्रास हो या प्रविधि नबुझेर हो, विशेष अधिवेशन रोक्न पराष्ट्र मन्त्रालयमा उजुरी गरियो र पुनव्यवस्थापन पक्षले देखाएको आशाको किरणलाइ पछ्याउदै सुटुक्क सम्झौता भयो र विशेष अधिवेशनमा बोल्ने मौका नियमित अवाजउठाउने अधिकार भएका एनसीसी अध्यक्ष, महासचिब र आइसिसि सदस्यहरु जसले अभियानलाइ नबुझेको गलत व्याखा गर्न सक्छनउहाहरुलाई प्राप्त भएको गुनासो एक सहभागीले नाम गोप्य राख्ने सर्तमा भने।
एन आर एन ले सधै महिला युवा र दोश्रो पुस्ता को मुद्दा अगाडी बढाउदै आएको छ तर त्यो समुह लाइ प्रतिनिधित्व गर्ने पात्रले अभियान कोमुलधार आफुले प्रतिनिधित्व समुह सम्म पुर्याउन नसकी शक्ति आफुमा केन्द्रित गरेको आभास यस विशेष अधिवेशनमा प्रस्ट महशुस गर्नउपस्थित धेरै लाइ गार्हो नभएको अर्का एक सहभागीले बताए । शुद्धिकरण र रुपान्तरण मुद्दा उठाई रहेको एनआरएनका अभिएन्ताहरुले आफ्नासामाजिक आचरणमा परिवर्तन नगरी अभियानको उद्देश्य प्राप्ति हुदैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत

लन्डन । कोरोना संक्रमणले यो साता विदेशमा २३ जना नेपालीको ज्यान गएको छ । भारतमा २० र अन्य देशमा ३