तीनदलीय छलफलप्रति मधेसी मोर्चा सशंकित

१६ भाद्र २०६९, शनिबार ०६:५५ मा प्रकाशित


काठमाडौं, १६ भदौ । सत्तारुढ घटक मधेसी मोर्चाले आफ्नो सहमतिविना तीन दलले गर्ने कुनै पनि समझदारी आफूलाई मान्य नहुने जनाएको छ । प्रमुख तीन दलबीच संविधानको विवादित विषयमा प्रक्रिया थाल्नेबारे छलफल अघि बढिरहेका बेला मधेसी मोर्चाले त्यस्तो धारणा अघिसारेको हो ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शुक्रबार उनकै निवास पुगेका मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले राजनीतिक गतिरोधका लागि तीन दलबीच भइरहेको छलफलमा मोर्चालाई सहभागी नगराइएको भन्दै गुनासो गरेका थिए ।
भेटमा माओवादी अध्यक्ष दाहालले पछिल्लो छलफलमा मोर्चा सहभागी नभएको भए पनि मधेसी मोर्चाको सहमतिविना कुनै सहमति कायम हुन नसक्ने आश्वासन दिएर थुम्थुम्याउने प्रयास गरेका सुत्रले जनायो । गच्छेदारसंग दाहालले राष्ट्रिय सहमतिको सरकारका विषयमा चित्तबुझ्दो विकल्प दिन नसकेसम्म विपक्षी दलहरुसंग सहमति हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत