
कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार दक्षिण कोरियामा विमोचन भएको छ ।
इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रमबीच यहाँ रहेका साहित्यकार पराजित पोमु, सुनिलदिप्त राई शकुन आँशु, उत्तम खजुम, सुरेशसिंह सम्बाहाम्फे, मातृका नेम्वाङलगायतले विमोचन गरेका हुन् । विगत चार वर्षदेखि कोरियामा श्रमिकको रुपमा रहेकी खोटाङकी सुष्मा रानाहँमाको कविता कृति आमाको तासफोटोबारे बोल्दै कवि तथा इतर आवाज संस्थाका संयोजक पराजित पोमुले सुष्माका कविता बलिया र आञ्चलिक र आफ्नो मुलकको प्रेमले ओतप्रोत भएको जिकीर गरे ।
त्यस्तै कोरियामै बसेर साहित्य साधनामा रमाइरहेकी कथाकार दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्रह छकालैका बारेमा कवि शकुन आँशुले यो कृति समाकालीन युवाहरूको संयुक्त आवाज भएको बताइन् । ४६ कविता सङ्ग्र्राहित आमाको तासफोटोलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।
त्यस्तै छकालै २० कथाकारका एक एक कथा समावेश भएको संयुक्त सङ्ग्र्रह हो । यस कृतिलाई कथाकार नवीनले सम्पादन गरेका हुन् । कार्यक्रममा उपस्थित कविहरूले आ–आफ्ना कविता गीत गजलवाचन गरेर कोरियामा आफूले भोग्ने कम्पनीको दुःख विर्सने कोशिस गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि
बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना
सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको