नेपाली दूतावास वासिङ्गटन डिसीले कन्सुलर सेवा हुलाकमार्फत् दिने

दूतावासले अर्को सूचना जारी नभएसम्मका लागि भिषा, ट्राभल डकुमेन्ट, प्रमाणिकरण, गैरआवासीय नेपाली परिचयपत्र र पहिले एमआरपी लिइसकेहरुको राहदानी वितरण सेवा हुलाकमार्फत् हुने दूतावासले जनाएको छ ।
१३ माघ २०७७, मंगलवार ०९:०९ मा प्रकाशित

वासिङ्गटन । वासिङ्गटनस्थिति नेपाली दूतावासले कन्सुलर सेवा हुलाकमार्फत् उपलब्ध गराउने बताएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन दूतावासले अर्को सूचना जारी नभएसम्मका लागि भिषा, ट्राभल डकुमेन्ट, प्रमाणिकरण, गैरआवासीय नेपाली परिचयपत्र र पहिले एमआरपी लिइसकेहरुको राहदानी वितरण सेवा हुलाकमार्फत् हुने दूतावासले जनाएको छ ।

अधिकृत वारेसनामा र पहिलो पटक एमआरपी आवेदक र अति आवश्यक कामका लागि अग्रिमरुपमा समय निश्चित गरेर मात्र दूतावासमा भेटघाट गर्न सकिने दूतावासले जनाएको छ । कुनै पनि सेवाका लागि निवेदन दिनुअघि दूतावासको वेभसाइटमा राखेको सूचना राम्रोसँग अध्ययन गरी आवश्यक सम्पूर्ण कागजातहरु तयार गरी लिंकमा आफ्नो निवेदनको व्यहोरा भरी सेवाका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्नेछ । उक्त लिंकमार्फत् नै अग्रिम समय लिन पनि सकिनेछ । तत्पश्चात मात्र आवेदन फाराम भर्न सुझाइएको छ ।

दूतावासमा प्राप्त हुने निवेदन र प्राप्त कागजातहरु पूरा भएमा कुनै पनि कन्सुलर सेवाहरु प्रदान गर्न र कागजातहरु हुलाकमार्फत फिर्ता पठाउन सामान्यतः ३ देखि ५ दिन लाग्न सक्ने दूतावासले जनाएको छ । सेवाग्राही रहेको स्थानको दूरी र सेवाग्राहीले प्रयोग गर्ने हलाक सेवाको आधारमा दूतावासबाट जारी हुने कागजात सेवाग्राहीको हात पर्न अझ बढी समय लाग्नवसक्ने दूतावासले जनाएको छ ।

नेपालको अध्यागमन विभागको गत माघ ५ गतेको सूचनाअनुसार कूटनीतिक, औपचारिक राहदानीबाहक तथा संयुक्त राष्ट्र संघका (युएन) कर्मचारी राहदानी वाहक, नेपालमा रहेका युएन तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी र नेपाली मूलका विदेशी, गैरआवासीय नेपाली परिचयपत्रवाहकले मात्र आगमन भिसा प्राप्त गर्न सक्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

भिसा नभएका सबै विदेशीले नेपाली राजदूतावास वा नेपाली कन्सुलेटबाट भिसा लिएर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ । भिसा आवेदनका लागि दूतावासको वेभसाइटमा रहेको लिंकमार्फत् अनलाइन फाराम भर्ने र भिसा शुल्कबापत नेपाली दूतावास वासिङ््गटन डिसीको नाममा तयार पारेको मनी अर्डर र पैसा तिरिसकेको फिर्ती खाम हुलाकमार्फत् दूतावासमा पठाउन भनिएको छ ।

नेपाल यात्रा गर्ने सबैले यात्रा सुरु गर्नुअघि ७२ घन्टाभित्र प्राप्त गरेको पीसीआर परीक्षण नेगेटिभ रिर्पोट साथ राख्नुपर्नेछ । ५ वर्षभन्दा मुनिका बालबालिकाको हकमा पीसीआर रिर्पोट नचाहिने बताइएको छ । पीसीआर रिर्पोटलगायतका विषयमा हवाई सेवा कम्पनीको अन्य थप व्यवस्था हुनसक्ने भएकाले आफ्नो सेवा कम्पनी वा ट्राभल एजेन्टसँग पुनः बुझेर मात्र विमानस्थल जान दूतावासले अनुरोध गरेको छ ।

नेपाल प्रवेश गरेको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने तथा संक्रमण पुष्टि भएपछि कम्तीमा १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्नेलगायत नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

यात्रुले अन्तर्राष्ट्रिय ट्राभलर एराइभल फर्म अनिवार्य भरी बारकोटसहितको प्रिन्ट वा डिजिटल निस्सा साथमा राख्नपर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको