एमाले वरिष्ठ नेता माधव कुमार नेपाल साताव्यापी अमेरिका भ्रमणमा

१५ भाद्र २०६९, शुक्रबार २२:३८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका,१५ भदौ । एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल साता ब्यापी भ्रमणको क्रममा शुक्रबार राती अमेरिका आइपुग्दै हुनुहुन्छ । आयोजकहरुले दिएको जानकारी अनुसार नेता नेपाल अमेरिकी समय अनुसार शुक्रबार राति ११: बजे ह्युस्टन, टेक्सास आइपुग्ने कार्यक्रम रहेको छ । अमेरिका भ्रमणको क्रममा नेता नेपालले शनिबारदेखि इण्डियानामा हुन लागिरहेको एशोसियसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका (आन्मा) र नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) को आठौँ संयुक्त सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकहरुले जानकारी दिएका छन् । आन्मा र नासाले विगत आठ वर्षदेखि हरेक वर्ष संयुक्त सम्मेलन गर्दै आईरहेको छ । स्थानीय नेपाली संघ संस्थालाई आयोजक बनाएर यी दुई संगठनले हरेक वर्ष अलग अलग राज्यमा अमेरिकी श्रमिक दिवसको छुट्टीको सप्ताहान्तमा यस्तो सम्मेलन आयोजना गर्दै आएका छन् । आन्मा र नासाले यस वर्ष आन्माको संयोजनमा इण्डियानाको स्थानीय नेपाली एशोसियसन अफ इण्डियानालाई आयोजक बनाएर यो सम्मेलन गर्न लागेको हो । यस अघि नासा र आन्माको सम्मेलनहरुमा काँग्रेस सभापति सुशील कोइराला,शेरबहादुर देउवा,राजेश्वर देवकोटा लगायतका नेताहरुले सहभागिता जनाई सकेका छन् ।
आसन्न सम्मेलन बारे अध्यक्ष गोपेन्द्र भट्टराईले विज्ञप्ती जारी गरि नेपाली मूलका अमेरिकी युवापुस्ताप्रति नेपालको अपेक्षाका बारे आइतवार माधव नेपालले प्रमुख अतिथिको रुपमा सम्मेलनलाई सम्बोधन गर्ने जानकारी गराएका छन् ।
नेता नेपालले क्यानाडामा रहेका नेपालीहरुको कार्यक्रममा समेत सहभागिता जनाउने उहा निकट प्रिती सागर खत्रीले जानकारी गराएका छन् । एनआरएन क्यानडाले सेप्टेम्वर तीन तारिखका दिन कार्यक्रम तय गरेको छ । भ्रमण कार्यक्रम अनुसार नेता नेपाल इण्डियानाबाट आइतवार टोरन्टो क्यानडा जानेछन् भने सोमवार त्यहाँ हुने एनआरएनको कार्यक्रममा सहभागी हुनेछन । त्यसैगरी नेता नेपाल बिहिबार अमेरिकाको क्यालिफोर्निया हुने एनआरएनको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन भने शनिबार नेता नेपालले डल्लास टेक्सासको पशुपति मन्दिर उद्घाटन गर्ने स्थानीय आयोजक भिम कार्कीले बताएका छन् । नेता नेपाल साताव्यापी भ्रमण सकी न्यूयोर्कबाट सेप्टेम्वर १० तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल