काठमाडौ, ३ चैत । काँग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया र संविधान लेखनमा माओवादी गम्भीर नबनेको आरोप लगाउनु भएको छ । माओवादीले हतियारको मोह त्याग्न नसक्दा शान्ति प्रक्रियाले गति लिन नसकेको समेत उहाँको भनाइ थियो ।
शुक्रबार सुरु भएको तीन दिने कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सभापति कोइरालाले शान्ति प्रक्रिया पूरा नभई संविधान जारी हुन नसक्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट पर्नु भयो । उहाँले माओवादीले विगतका सहमति पालना नगरेको गुनासो पनि गर्नु भएको थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले सातबुँदे सहमति अनुरुप नै सेना समायोजनका काम पूरा हुनुपर्ने बताउदै ठूलो पार्टीको हैसियतले माओवादीले नै शान्ति प्रक्रियाका काम पूरा गर्न बढी जिम्मेवार हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्णायक भूमिका खेल्न आग्रह समेत गर्नु भयो ।
राष्ट्रियतामा सम्झौता नगरी सबैलाई मान्य हुने सङ्घीयता आवश्यक भएको उल्लेख गर्नु भयो । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शान्ति प्रक्रिया पूरा गरी संविधान जारी गर्न आफ्नो दलले सरकारलाई सहयोग जारी राखेको बताउनु भयो ।
सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले सरकार शान्ति प्रक्रिया पूरा गर्न भन्दा सत्ता टिकाउन लागिरहेको धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा
धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल