कोरोना भाइरसका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
११ माघ २०७७, आईतवार १४:५१ मा प्रकाशित

लण्डन । कोरोना भाइरस (कोभिड-१९) ‍संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार गत साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० जना छ भने २ लाख ६३ हजार ७ सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए । सोही अवधिमा औसतमा एक महिनाको अवधिमा ४ हजार जना संक्रमणमुक्त हुने आंकलन गरेको डा सापकोटाले बताए ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान शुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।