एमाओवादीको अडान नै निकासको वाधक : डा. रिजाल

१५ भाद्र २०६९, शुक्रबार १७:२६ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १५ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले एमाओवादीले आफ्नो अडान नछाडे देशले छिटो राजनीतीक निकास नपाउने बताएका छन् । अनुकलनको सिद्धान्त लाद्न खोज्दा अहिलेसम्म मुलुकले निकास नपाएको भन्दै नेता रिजालले माओवादीले आफ्ना अडान त्याग गरे सजिलै सहमति हुने बताए ।
नेपाल पे्रस युनियन अञ्चल समन्वय समिति लुम्बिनीले बुटवलमा आयोजना गरेको भेलाको उद्घाटन गदै नेता रिजालले सर्वसत्तावादबाट प्रेरित एमाओवादीले पार्टीको छाप लगाउने संविधान जारी गर्ने सोच नछाडेसम्म सहमति हुन नसक्ने बताए । मुलुलाई निकास दिनका लागि एमाओवादीले त्याग गर्ने हो भने अन्य पार्टी बिभिन्न एजेन्डाहरुमा सहमति गर्न तयार रहेको उनको कथन थियो ।
रिजालले लामो समयसम्म सरकार संचालन गर्नका लागि संबैधानिक अगंहरुलाई कमजोर बनाएको आरोप पनि लगाए । लोकतन्त्रमा पे्रसको भूमिका महत्वपूर्ण रहने बुझेका एमाओवादीले पछिल्लो समय प्रेसलाई कमजोर बनाउन बिभिन्न गतिबिधि गरेको उल्लेख गरे । पुर्वमन्त्री समेत
रहेका मन्त्री रिजालले आफुअनुकलको समाचार ल्याउनका लागि ठुला सञ्चारमाध्यममा लगानी लगाउने तथा धम्क्याउने गरेको खुलासा गरे ।
प्रेस युनियनको भेलामा लुम्बिनी अञ्चलका पत्रकारहरुको सहभागिता रहेको छ । भेलामा पेसागत सुरक्षा, संगठन सुदृढिकरण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन लगायत बिषयमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले