एनआरएनए संशोधित विधान सर्वसम्मतिले पारित

११ माघ २०७७, आईतवार ०८:३० मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ । गैरआवासीय नेपाली संघको शनिवार सुरु भएको विशेष महाधिवेशनले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा पूर्वप्रवक्ता भूषण घिमिरे र उपाध्यक्ष मन केसीद्धारा प्रस्तुत विधान संशोधनको साझा प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरेका थिए ।

संशोधन प्रस्ताव माथि ५ घण्टा लामो छलफल पछि अध्यक्ष कुमार पन्तद्धारा संशोधित विधान पारित गरियोस् भन्ने प्रस्तावलाई ध्वनीमतको आधारमा सो प्रस्ताव सर्वसम्मतले पारित भएको होे ।

विधानमा के के संशोधन गरियो ?
१. राष्ट्रिय महाधिवेशन जुलाई महिना भित्र गरि सक्नुपर्ने ।
२ केन्द्रीय प्रतिनिधी १५ अगष्ट सम्म सार्वजनिक गर्नु पर्ने ।
३. एक थप युवा सहित जम्मा ६ जना उपाध्यक्ष रहने ।
४. दुई सहकोषाध्यक्ष थप, एक महिला अनिवार्य ।
५. सदस्यता शुल्क आइसीसीले तोके बमोजिम हुने ।
६. आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति खारेजीमा पर्ने ।
७. ५ सदस्सीय निर्वाचन अनुगमन समिति बन्ने ।
८. एक महिला सहित ४ जना सचिव हुने ।
९. केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाइयो ।
१०. पेशागत र शैक्षिक इकाई बन्ने ।
११. क्षेत्रीय महिला उपसंयोजक थप ।
१२. अनलाइन माध्यमबाट निर्वाचन गर्ने ।
१३. निर्वाचित आइसीसी सदस्य संख्या घटाईयो ।
१४. संघ अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने ।
१५. केन्द्रीय प्रतिनिधी चयन ६५ प्रतिशत पुराना र २५ प्रतिशत एनसीसीबाट निर्वाचित, १० प्रतिशत अध्यक्षले मनोनित गर्ने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा