
काठमाडौं, १५ भदौ । १० वर्ष अघि अहमदावाद (भारत)को नरोडा पाटिया इलाकामा भएको नरसंहारमा अदालतले भारतीय जनता पार्टीकी नेतृ एवं पूर्वमन्त्री माया कोडनानीलाई १८ वर्षको कैद सुनाएको छ । सोही नरसंहार काण्डसंग जोडेर बजरंग दलका नेता बाबू बजरंगीलाई जन्मकैदको फैसला सुनाइएको छ । १० वर्षअघिको उक्त नरसंहारमा ९७ जनाको मृत्यु भएको थियो । नरसंहारमा ७० जना आरोपी थिए । विशेष अदालतले बुधबार यस नरसंहारमा ३२ जनालाई दोषि ठहर्याएको थियो । उक्त काण्डलगत्तै महिला तथा बाल विकास मन्त्री बनाइएकी पूर्वमन्त्री कोडनानीमाथि भीड उक्साएको ठहर विशेष अदालतले गरेको एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती
जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै
काठमाडौँ । जी-७ देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा
काठमाडौँ । अमेरिकाको मोजावे मरुभूमिमा अवस्थित एउटा सहर लस भेगास । एक समय थियो जब लस भेगास डाकुहरूको मनपर्ने ठाउँ