जनशक्तिका विष्ट निष्काशित

१५ भाद्र २०६९, शुक्रबार १७:०० मा प्रकाशित

काठमाडौं, १५ भदौ । पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउंदै राष्ट्रिय जनशक्ति पार्टीले महामन्त्री केशरबहादुर विष्टलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष सूर्यबहादुर थापाले विष्टलाई पदमुक्त गरेको पत्र पठाएको पार्टी प्रवक्ता किरण गिरीले जनाए । सो पार्टी सुत्रका अनुसार नेतृत्वले विष्टमाथि पार्टीका कार्यकर्ता भड्काएको आरोप लगाएको छ ।
पार्टीसंग असन्तुष्ट रहंदै आएका विष्ट पनि ६ महिनादेखि पार्टीका कार्यक्रममा सहभागी थिएनन् । ुपार्टीका कुनै पनि जिल्ला अधिवेशनमा उहाँ सहभागी हुनुभएन,ु प्रवक्ता गिरीले भने, ुबरु पार्टी छाडेर मलाई साथ दिनुपर्छ भनेर कार्यकर्ता भड्काउनतर्फ लाग्नुभएको रिपोर्टिङ छ ।ु शाहीकालमा कृषि तथा सहकारी मन्त्री रहेका विष्टमाथि पूर्वराजासँग साँठगाँठ गरेको आरोप समेत लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर