संवैधानिक इजलासले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

८ माघ २०७७, बिहीबार १६:४७ मा प्रकाशित

काठमाडौ । संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन माग गरेको छ ।
यसअघि संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकहरु अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए।

प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक