सुन-चांदी डकैती

१५ भाद्र २०६९, शुक्रबार १३:४९ मा प्रकाशित

भक्तपुर, १५ भदौ । भक्तपुरको दधिकोट गाविस ९ स्थित गोपालप्रसाद पाठकको घरमा अज्ञात समूहले गएराति १० तोला सुन, सात किलो चाँदीसहित करिब १२ लाख रुपैयाँबराबरको धनमाल लुटपाट गरेको छ।
राति १ बजे पाँच जनाका सङ्ख्यामा आएको नकाबधारी समूहले खुकुरी र रड देखाएर घरका परिवारलाई नियन्त्रणमा लिई धनमाल लुटपाट गरेको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ।
लुटेरा समूहले पाँच थान मोबाइल र ८० हजार नगद पनि लुटपाट गरेको पीडितपरिवारले जानकारी दिएका छन्। लुटेराहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको