‘आजको बैठक पनि सकारात्मक’

१५ भाद्र २०६९, शुक्रबार १३:३६ मा प्रकाशित

काठमाडौं, १५ भदौ । प्रमुख दलहरुबीच वर्तमान राजनीतिक समस्या निकासका लागि छलफल जारी छ । उनीहरुले आज शुक्रबार पनि गतिरोध अन्त्यको उपायबारे बहस गरेका छन् ।
आजको छलफल डल्लुस्थित एमाले अध्यक्ष झलनाथ खनालको निवासमा भएको थियो । छलफलमा गतिरोध अन्त्यका सवै विषयमा बहस भएको जनाउंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठकपछि जानकारी दिए । सवै विषयमा गम्भीर बहस भएकोले गतिरोध अन्यका सवालमा बैठक सकारात्मक रहेको उनको कथन थियो ।
दिनहुं बैठक गर्ने गरेका दलहरुबीच नयाँ संविधानसभा निर्वाचन, संविधानसभा पुनःस्थापना र राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको छ । राष्ट्रपति रामवरण यादवको उपस्थितिमा बिहीबार पनि शीतल निवासमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताबीच छलफल भयो । दलहरुबीच बिग्रन लागेको सम्बन्ध राष्ट्रपति निवासमा भएको पछिल्लो छलफलपछि नै पुनः सुध्रन थालेको अनुभूति गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार