माओवादी सेनाको ठूलो पद लिएर सत्ता कब्जा गर्ने षडयन्त्रमा लागेको छ : एमाले वरिष्ठ नेता नेपाल

३ चैत्र २०६८, शुक्रबार १४:५५ मा प्रकाशित

काठमाडौ, ३ चैत । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेपाली सेनाको ठूलो पद हत्याउदै सत्ता कब्जा गर्ने षडयन्त्रमा लागिपरेको दाबी गर्नु भएको छ । उहाँले माओवादीकै कारण शान्ति प्रक्रिया लम्बिएको बताउनु भयो ।

‘सेना राजनीतिक मान्छे भर्ती गर्ने ठाउँ होइन। यसको आफ्नै मापदण्ड छ। माग्दैमा पद पाइँदैन’- सिन्धुपाल्चोकमा शुक्रबार वरिष्ठ नेता नेपालले भन्नु भयो । शान्ति प्रक्रिया र सेना समायोजनमा सात बुँदेनै मुख्य आधार हुने समेत प्रष्ट्याउनु भयो ।

सेना समायोजनको हलो माओवादीले अड्काएको आरोप लगाउँदै पूर्व प्रधान मन्त्री समेत रहनु भएका नेपालले भन्नु भयो, पदको अत्तो थाप्ने माओवादीको भित्रि कुरा बुझ्न सकिएन। ‘एकातिर विद्रोह र सत्ता कब्जाको कुरा गर्छ। अर्को तिर क्रान्ति अधुरो भनिरहेको छ। माओवादी सेनाभित्र गडबडी गर्न चाहिरहेको छ’- उहाँको भनाइ थियो ।

उहाँले माओवादीलाई कुनै हालतमा जर्नेल दिन नसकिने अडान दोहोर्‍याउदै किन जर्नेलमा मात्र आँखा गाडेको ?’ उहाँले माओवादीलाई प्रश्न गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,