अध्यादेश फिर्ता गर्न राष्ट्रपतिलाई पत्र

१५ भाद्र २०६९, शुक्रबार १३:१२ मा प्रकाशित

काठमाडौं, १५ भदौ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, हुमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिष्ट र ट्रायल (दण्डहीनताका विरुद्ध स्वीस संघ)ले राष्ट्रपति डा. रामबरण यादवलाई आज शुक्रवार संयुक्त रुपमा एक पत्र पठाई मन्त्रिपरिषदद्वारा यही भदौ १२ गते पारित गरी स्वीकृतिका लागि पठाइएको बेपत्ता पारिएका व्यक्तिको अनुसन्धान र सत्य तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नभएकोले फिर्ता गर्न आग्रह गरेका छन् ।
उनीहरुले पत्रमा मानवअधिकारको उल्लंघनका सम्बन्धमा सत्य, न्याय र परिपूरण नेपाली जनताको वर्षौदेखिको प्रमुख माग रहेको जनाउँदै पटक–पटकको प्रतिवद्धताको बावजुद त्यसपछिका सरकारहरु ती माग पूरा गर्न असफल रहेको जनाएका छन् । पत्रमा ‘यहाँलाई पठाइएको अध्यादेशमा पनि न्यायको लागि नेपाली जनताको अधिकारलाई अस्वीकार गरिएकोले यो अध्यादेश तत्काल फिर्ता गर्नका लागि हामी प्रोत्साहित गर्दछौं’ भनिएको छ ।
वक्तव्यमा इन्टरनेसनल कमिसन अफ जुरिष्टका एशिया प्रशान्त क्षेत्रीय निर्देशक साम जारिफी, ट्रायलका निर्देशक फिलिप ग्रान्ट, हुमन राइट्स वाचका एशिया निर्देशक ब्राड आडम्स र एम्नेस्टी इन्टरनेसलनका एशिया प्रशान्त कार्यक्रम उपनिर्देशक पोली ट्रस्कोटले पनि हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार