भारतीय सेनाका दुई हेलिकप्टर आकासमै जुधे

१५ भाद्र २०६९, शुक्रबार ०९:५२ मा प्रकाशित


काठमाडौं, १५ भदौ । भारतीय सेनाको बहुप्रयोजनका दुई हेलिकप्टर ठोक्किएर दुर्घटना हुंदा आठ सैनिकको मृत्यु भएको छ । बम प्रहार गर्ने अभ्यासका क्रममा रहेका गुजरातको जामनगरस्थित समर्त गाउंको आकाशमा गत बिहिबार उक्त दुर्घटना भएको दी टाइम्स अफ इण्डियाको अनलाइन सेवाले जनाएको छ ।
युद्धका बेला सैनिक बोक्ने र बम प्रहार गर्ने बहुप्रयोजनमा रहने दुवै हेलिकप्टर बिहीबार दिउंसो १२ बजे जुध्न पुगेका हुन् । घटनामा दुई जना घाइते भएको बताइएको छ । यसरी हेलिकप्टर जुध्ने अवस्था कसरी आइप¥यो भन्ने अहिलेसम्म बुझ्न नसकिएको र यसबारे छानबिन सुरु गरिएको पनि बताइएको छ ।
यसैगरी, गत बिहीबार नै अस्ट्रेलियनका लागि जारी युद्धको सबैभन्दा खराव दिन बन्यो । तीन अस्ट्रेलियन सैनिकहरु गोलीको सिकार भए भने अर्का दुई अस्ट्रेलियन सैनिक एक हेलिकप्टर दुर्घटनाको सिकार भए । बुधबार राति आराम गरिरहेको अवस्थामा तीन सैनिक मारिए । अफगानी सेनाको पोशाकमा रहेको व्यक्तिले उनीहरुलाई गोली प्रहार गरेका थिए । नजिकको रेन्जमा प्रहार गर्ने स्वचालित हतियारबाट उनीहरु मारिएका बताइएको छ । उरुगान प्रान्तको वेसमा रहेका उनीहरुलाई गोली प्रहार गरी कम्ब्याटमा आएका नक्कली सैनिक गायव भएको थियो ।
अर्को घटना पनि बिहीबार बिहानै भयो । दुई अस्ट्रेलियन सैनिक हवाई दुर्घटनामा मारिए । हेलमन्ड प्रान्तमा अवतरण गर्न लागेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै

काठमाडौँ । जी-७ देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा

काठमाडौँ । अमेरिकाको मोजावे मरुभूमिमा अवस्थित एउटा सहर लस भेगास । एक समय थियो जब लस भेगास डाकुहरूको मनपर्ने ठाउँ

आजको प्रमुख समाचार