कर्मचारीहरुको ब्यापक सरुवा

१५ भाद्र २०६९, शुक्रबार ०९:५० मा प्रकाशित


काठमाडौं, १५ भदौ । कामचलाउ सरकारले कर्मचारी सरुवालाई थप तिब्रता दिएको छ । यसैलाई निरन्तरता दिंदै भौतिक योजना, निर्माण तथा यातायात र ऊर्जा मन्त्रालयले ८ प्राविधिक सहसचिवसहित ११ अधिकारीको सरुवा गरेका छन् ।
भौतिक योजनामन्त्रीस्तरीय निर्णयबाट सडक विभागका वैदेशिक सहयोग महाशाखा हेर्ने नायब महानिर्देशक योगेन्द्र राईलाई मन्त्रालयको निर्माण तथा यातायात महाशाखामा, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशक देवेन्द्र कार्कीलाई विभागको वैदेशिक सहयोग महाशाखा हेर्ने नायब महानिर्देशकमा सरुवा गरिएको बताइएको छ । यस्तै, निर्माण तथा यातायात महाशाखा प्रमुख हरिओम श्रीवास्तवलाई मन्त्रालयकै वैदेशिक सहायता तथा गुणस्तर महाशाखामा सरुवा गरिएको छ भने पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशक उमेशानन्द मिश्रलाई मध्यमाञ्चल र सडक सुधार आयोजना प्रमुख सुदर्शन भण्डारीलाई पश्चिमाञ्चल क्षत्रीय सडक निर्देशनालयको प्रमुखमा सार्ने निण्ाँय गरी सामान्य प्रशासन मन्त्रालयसित सहमति माग गरेर पत्र पठाइएको छ । सामान्यको सहमति आएपछि उनहरु दुईजनाको विधिवत् सरुवा हुनेछ ।
बाढीजन्य सडक पुनःस्थापना आयोजनाका प्रमुख हरिभक्त श्रेष्ठलाई मन्त्रालयको योजना महाशाखामा सरुवा गरिएको छ । भालुवाङ–प्यूठान सडक आयोजनाका मुक्तिलाल साहलाई बाढीजन्य सडक पुनःस्थापना आयोजना प्रमुखमा सारिएको छ । मन्त्रालयले तीनजना सडक डिभिजन कार्यालय प्रमुखको समेत सरुवा गरेको छ । सडक डिभिजन कार्यालय इलामका ज्ञानेन्द्र झालाई विभागको पुल शाखा, डोटीका चन्द्रनारायण यादवलाई इलाममा र मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड आयोजनाका विजय महतोलाई डोटी सडक डिभिजन कार्यालयमा सारिएको छ । ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागका नायब महानिर्देशक सञ्जय शर्मालाई पदै नभएको जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता