वैद्यको जोड आन्दोलनमै

१५ भाद्र २०६९, शुक्रबार ०७:३२ मा प्रकाशित

काठमाडौं, १५ भदौ । नेकपा–माओवादीले संविधानसभा पुनःस्थापना वा संसदीय निर्वाचन दुबैको औचित्य नभएको निश्कर्ष निकालेको छ । सर्वपक्षीय गोलमेच सभाबाट संयुक्त सरकार बनाएर संविधान बनाउनुपर्ने उसले जनाएको छ । राजधानीमा हिजो सुरु केन्द्रिय समिति बैठकमा अध्यक्ष मोहन वैद्यले अब संघर्षमा केन्द्रित हुने आवश्यकता रहेको प्रस्ताव प्रस्तुत गर्दै यथास्थितिमा निकासको संभावना क्षीण भएको बताउनुभयो । ‘यथास्थितिमा अब समस्या निकास हुने देखिएन त्यसैले संघर्षको कार्ययोजना ल्याएका हौं’, बैठकपछि अध्यक्ष बैद्यले बताउनुभयो ।
एकीकृत माओवादी, कांग्रेस र एमालेका नेताहरुसंग छलफल गरेर राजनीतिक निकास नहुने उल्लेख गर्दै उहांले त्यो छलफल अर्थहीन भएको बताउनुभयो । अहिले संसद नभएको अवस्थामा तीन दलबीच भएको छलफल वाहियात हो भन्दै वैद्यले यस्तै प्रकारको सरकार त जुन सरकार भएपनि केही हुनेवाला छैन भन्नुभयो । बैठकमा उहांले सर्वपक्षीय गोलमेचसभाका लागि अन्य दललाई आग्रह गर्ने र त्यसो नभए सडक आन्दोलनमा जोड दिंदै तयारी सुरु गरिने स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार