न्यायाधीशले पाए सात वर्षपछि न्याय

१५ भाद्र २०६९, शुक्रबार ०७:३० मा प्रकाशित

काठमाडौं, १५ भदौ । शाही शासनविरुद्ध बोल्दा जागिरबाट हात धुनुपरेका एक जिल्ला न्यायाधीशलाई सर्वोच्च अदालतले झण्डै सात वर्षपछि पुनर्वहालीको आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ताहिर अली अन्सारी, प्रकाश वस्ती र डां भरतबहादुर कार्कीको पूर्ण इजलासले स्याङ्जा जिल्ला अदालतका तत्कालीन न्यायधीश चित्रदेव जोशीलाई जागिरबाट हटाउने न्यायपरिषदको निर्णयलाई खारेज गर्दै पुनर्वहालीको फैसला गरेको हो ।
राजाको प्रत्यक्ष शासनका बेला जिविस स्याङ्जाले पृथ्वी जयन्तिको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपाली सेना र राजाविरुद्ध बोलेको भन्दै न्यायपरिषदले जोशीलाई बर्खास्त गरेको थियो । बरियता क्रममा पहिलो नंबरमा जिल्ला न्यायाधीश जोशीले २७ पुस २०६१ को पृथ्वी जयन्तिमा प्रमुख अतिथिकै आसनबाट नेपाली सेनाले अदालतमाथि आक्रमण प्रयास गरेको र राजाले धारा १२७ प्रयोग गरेर शासन चलाउन खोजेको लगायतका अभिव्यक्ति दिनुभएको थियो । उहांको अभिव्यक्तिबाट रुष्ट बनेको तत्कालीन सरकारले दबाव दिएपछि परिषदले उहांलाई पदबाट बर्खास्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत