समस्या निकासका सवालमा कांग्रेस अझ अलमलमै

१५ भाद्र २०६९, शुक्रबार ०७:२१ मा प्रकाशित

काठमाडौं, १५ भदौ । विपक्षी दल नेपाली कांग्रेसले संविधान निर्माणको अबको बाटो के हुने भन्नेमा पार्टीभित्र छलफल सुरु गरेको छ । कांग्रेस केन्द्रिय कार्यसमितिको हिजो बसेको बैठकमा संविधानसभा पुनस्र्थापना गरेर संविधान निर्माण गर्ने वा ताजा जनादेशमा गएर संविधान बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ ।
कांग्रेस नेताहरुका अनुसार बैठकमा दुइथरी विचार आएका छन् । अधिकांश केन्द्रिय सदस्यहरुले ताजा जनादेशमै गएर समस्या समाधान खोज्नुपर्ने र केहीले संविधानसभा पुनस्र्थापन गरेर संविधान घोषणा गरी निर्वाचनमा जांदा उपयुक्त हुने धारणा अघिसारेका छन् ।
महामन्त्री कृष्ण सिटौलाको राजनीतिक प्रस्तावमाथिको छलफलमा सहभागी केन्द्रीय सदस्यहरुमध्ये भीमबहादुर तामाङ, अर्जुननरसिंह केसी, महेश आचार्य, नरहरि आचार्य, बलबहादुर केसीलगायतले निश्चित अवधिमा संविधान निर्माण गर्ने सहमतिसहित पछि संसदमा रुपान्तरण हुनेगरी ताजा जनादेशमा जानु नै उपयुक्त र उत्तम विकल्प भएको धारणा रख्नुभएको छ । उहांहरुले यसअघि समय बढाएर पनि काम गर्न नसकेको संविधानसभा पुनस्र्थापना गर्ने कामले जनताको मतको अपमान हुने र त्यो सर्वोच्च अदालतको फैसलाविरुद्ध पनि देखिने भएकोले ताजा जनादेशमा जानुपर्ने जिकीर गरेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।
यस्तो धारणा राख्ने केन्द्रिय सदस्यहरुले दलहरुको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधानको धारा १५८ अनुसार बाधा अड्काउ फुकाएर चुनावमा जानुपर्ने तर्क गरेका थिए । ताजा जनादेशमा जानुको विकल्प नभएकोमा आफूले तीन पृष्ठ लामो लिखित धारणा बैठकमा प्रस्तुत गरेको नेता केसीले जानकारी दिनुभयो ।

एमालेले असन्तुष्टलाई फेरि दियो निम्तो, असन्तुष्टहरु फर्कनेमा आशंका
काठमाडौं, १५ भदौ । नेकपा एमालेले केन्द्री सचिवालयसंग छलफल गर्न अस्वीकार गरेका उपाध्यक्ष अशोक राई नेतृत्वको असन्तुष्ट समूहसंग छलफल गर्न पुनः निम्तो पठाएको छ । पूर्वनिर्धारित हिजोको छलफल स्थगित गरेर एमालेले शनिबारको लागि असन्तुष्टहरुसंग पुनः छलफलका लागि बोलाएको हो । असन्तुष्ट समूहले राख्दैआएको नौ बुंदे मागका सन्दर्भमा उनीहरुकै आग्रहमा अध्यक्ष झलनाथ खनालसहित स्थायी समिति सदस्यहरुको उपस्थितिमा हुने छलफलका लागि पुनः निम्ता गरिएको सचिवालयका सचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।
असन्तुष्ट समूहले गठन गरेको अग्रगामी विचार समूहको बुधबारको बैठकमा सचिवालयको छलफलमा सहभागी नहुने तर स्थायी समितिले बोलाएको खण्डमा भने उपस्थित हुने निर्णय गरेको थियो । असन्तुष्ट समूहका नेता पृथ्वीसुब्बा गुरुङले विचार समूहकै आग्रहमा शनिबार नेतृत्वसंग औपचारिक छलफल हुन लागेको जानकारी दिनुभयो ।
एमालेभित्रको राजनीतिलाई गहिरोसंग अवलोकन गर्दैआएका विश्लेषकहरुले चाहिं नेतृत्वले जतिसुकै फकाउने प्रयत्न गरे पनि एमालेका असन्तुष्टहरु अब पार्टीमा पहिलेकै हिसाबले प्रतिवद्ध रहनेमा आशंका प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको