विदेशी विद्यार्थीलाई लण्डनमा फेरि झमेला

१४ भाद्र २०६९, बिहीबार २२:०० मा प्रकाशित

काठमाडौं, १३ भदौ । लण्डन मेट्रो विश्वविद्यालयको बिदेशी बिद्यार्थी पढाउने लाइसेन्स रद्द भएको समाचार बीबीसी रेडियोले प्रसारित गरेपछि सम्वद्ध विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबीच खैलाबैला मच्चिएको बुझिएको छ । सो विश्वविद्यालयमा नेपालीसहित करिव दुई हजार बिदेशी बिद्यार्थी अध्ययन गर्छन् भने लाइसेन्स रद्द भएबाट त्यहाँ अध्ययनरत बिद्यार्थीहरु बिचल्लीमा परेका छन् ।
सो बिश्वबिद्यालयले लाइसेन्स दुरुपयोग गरेका कारण बिदेशी बिद्यार्थी स्पोन्सर गर्न पाउने लाइसेन्स खारेज गरिएको बेलायतका अध्यागमन मन्त्री डामेन ग्रिनलाई उद्धृत गर्दै वीवीसीले जनाएको छ । खारेजीसँग त्यहाँ अध्ययनरत बिद्यार्थीलाई अर्को कलेज खोज्न ६० दिनको समय दिइएको छ । उसले अब बेलायती र युरोपेली बिद्यार्थीलाई मात्र भर्ना लिन र पढाउने पाउने छ । लाइसेन्स खारेजीसँगै त्यहाँ अध्ययनरत बिदेशी बिद्यार्थी डिर्पोटेसनमा परिने चिन्तामा परेका छन् । अन्डरग्राजुएट अध्ययनरत उनीहरु घर फिर्तिमा पर्ने सम्भावना बढि रहेको पनि बताइएको छ ।
यसैबीच बिश्वबिद्यालयको लाइसेन्स खारेज नभई बिदेशी बिद्यार्थी ल्याउन पाउने लाइसेन्समात्र खारेज भएकाले उसको सम्बन्धनमा नेपालमा संचालित कलेजलाई कुनै समस्या नपर्ने पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी