लाभकारी देखियो मापसे अभियान

१४ भाद्र २०६९, बिहीबार २१:४९ मा प्रकाशित


काठमाडौ, १४ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) विरुद्धको अभियान प्रारम्भ गरेपछि जरिवानावापत् असार मसान्तसम्ममा रु तीन करोड ४४ लाख ९१ हजार राजस्व असुली गरेको छ । सो महाशाखाले २०६८ मङ्सिर १७ गतेदेखि उक्त अभियान आरम्भ गरेपछि सवारी दुर्घटनामा कमी आएको जनाएको छ । उक्त अवधिमा ३९ हजार ६६६ सवारी साधन कारबाहीमा परेकामध्ये ३४ हजार ४९१ सवारी साधनबाट मात्र राजस्व असुली भएको बताइएको छ ।
मापसे विरुद्धको अभियानअन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५९७, पुसमा एक हजार ३२१, माघमा दुई हजार ८०८, फागुनमा पाँच हजार ९९१, चैतमा छ हजार ५६४, वैशाखमा पाँच हजार ४१४, जेठमा ५ हजार ४५ र असारमा पाँच हजार ७५१ वटा सवारी साधनका सवारी चालक कारबाहीमा परी राजस्व दालिखा गर्न आएको महाशाखाले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर जुनसुकै सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारीचालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ ।
यो अभियान सुरु गरिएपछि सवारीचालकहरूमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भत्रे चेतनामा अभिवृद्धि हुँदै गएको पाइएको छ ।
सवारी दुर्घटनामा कमी ल्याउनका लागि मादक पदार्थ सेवन विरुद्धको अभियानलाई अझ अनुशासित, प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गरिनु पर्छ भत्रे आमजनताको धारणा रहेको पाइन्छ ।
रासस

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार