अवैध भीओआइपी संचालन गर्ने एक नेपालीका साथ तीन बंगाली पक्राउ

१४ भाद्र २०६९, बिहीबार २१:३५ मा प्रकाशित

काठमाडौं, १४ भदौ । अवैध रुपमा भिओआइपी संचालन गर्ने धादिङ जिल्ला कटुञ्जे–८ घर भएका २५ वर्षीय सबिन तामाङ र उनलाई अबैध भिओआइपी संचालनको लागि आवश्यक उपकरणहरु उपलब्ध गराइ अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराउने सहयोग गर्ने बंगलादेशी नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ । मनमैंजु गाबिस–८ शान्तिटोलस्थित शंखनारायण महर्जनको घरमा डेरा लिई बसेका सविनले राहदानी नम्बर एसी ०८६०७४३ बाहक नुरुल आलम र राहदानी नम्बर एसी ३९६२३७६ बाहक मोहम्मद माझारुल इस्लाम समेत तीन जनाको सहयोगमा उक्त अवैध धन्दा संचलन गर्दैआएका थिए । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
तमाङले अवैध भिओआइपी संचालनको लागि प्रयोग गरेका सिमकार्डहरु ३८ थान, जीओआइपी ८ पोर्ट भएको डिभाइसहरु ३ थान लगायतका विभित्र प्रकारका उपकरणहरु प्रहरीले बरामद गरेको छ भने पक्राउ अभियुक्तहरुमाथि आवश्यक अनुसन्धान तथा कारवाही सुरु गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको