‘सामाजिक बहिस्कारको डरले अष्ट्रियाका नेपालीले कोरोना संक्रमण लुकाए’

एक अनुमान अनुसार अष्ट्रियाको नेपाली समुदायमा करिव २० जना संक्रमित रहेको र चिनेजानेका व्यक्तिहरुलेनै संक्रमण लुकाएको कारण अरुलाई समेत कोरोना भाइरस सरेको आसंका छ ।
२६ पुष २०७७, आईतवार ०४:१० मा प्रकाशित

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको मिति सम्म झन्डै अठार लाख सतसट्ठी हजार मानिसहरुले ज्यान गुमाई सकेका छन् । अशंख्य बिरामीहरु उपचारका क्रममा रहेका छन् । कयौं निको भएर सामान्य जीवन मा फर्किसकेका छन् । यतिबेला बजारमा आएको फरक फरक कोरोना विरुद्धको खोप लगाउने क्रम पनि शुरु भैसकेको छ । शिघ्र संसारले यस रोगबाट मुक्ति पाउने अपेक्षा गरिएपनि संक्रमणको नयाँ र डरलाग्दो स्वरुप देखा परेपछि यूरोप र अमेरिकामा थप कडाइ गरिएको छ र यस क्षेत्रमा बसोबास गर्ने मानिसहरु थप ससंकित बनेको छन् । यसै क्रममा हामीले कोरोन भाइरसको असरले प्रभावित अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुको अवस्था जान्ने प्रयास गरेका छौ । कोरोन भाइरसको संक्रमणले आक्रान्त युरोपमा बसोबास गर्ने नेपाली समुदायको अवस्था बुझ्ने हाम्रो प्रयासको सृंखलावद्ध प्रस्तुति अन्तर्गत यस पटक करिब एक हजार नेपालीको बसोबास रहेको अस्ट्रियाको नेपाली समुदायको प्रतिनिधि अवाज प्रस्तुत गर्दैछौ । हामीले कोरोना संक्रमण पछि उत्पन्न असहज परिस्थितिमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसंग हाम्रा युरोप सम्पादक बाबा राजेश्वरी थापाले गरेको कुराकानीको सार संक्षेप ।

प्रतिभा कार्की- स्वास्थ्यकर्मी :  पेशाले स्वास्थ्यकर्मी प्रतिभा कार्की श्रीमान र ६ वर्षीय छोरी संगै अष्ट्रियाको भियना बसोबास गर्छिन। उनको पेशा स्वास्थ्य संग सम्बन्धित छ र उनले सेवा दिनु पर्ने व्यक्तिहरु अधिकांस ८० वर्ष माथिका बृद्ध बृद्धा छन् तर तिनीहरुले आफुलाई दिने सम्मान र मायाका कारण यस महामारीमा आफ्नो जिम्मेवारी सहजरूपमा निभाउन आफुलाई कुनै कठिनाइ नपरेको कुरा उनले बताइन् ।आफु नेपाली भएको र सामाजिक संस्कारकै कारण आफ्नो जिम्मेवारी निभाउन सजिलो भएको विश्वास उनको छ। 

कोरोन महामारीको कारण एक किसिमको मानसिक चिन्ता कार्कीलाई पनि परेको अनुभव छ । आफ्नी ६ वर्षीय छोरीलाई सधै घर भित्र राख्नु परेको र सानो समुहको नेपाली समाज रहेको भिएनामा अरु नेपाली वालवालिकासंग घुलमिल गराउन नपाउदा र लम्बिदो संक्रमणका कारण छोरीले नेपाली भाषा भुल्ने होकी वा उनको उमेर समुहको साथीसंग भेटघाट नहुदा सामाजिक आचरणमा नै असर पर्ने हो कि भन्ने चिन्ता कार्की व्यक्त गर्छिन । तर युरोपको व्यस्त दिनचर्यामा परिवार र सानी छोरीलाई समय दिन नपाएकी कार्कीले अहिले कोरोना महामारी कै कारण परिवारसंग समय बिताउन पाएकी छिन् र यसमा खुशी पनि व्यक्त गर्छिन ।

हरेक दिन निकटमा मानिसहरु संक्रमित भैरहदा पनि आफू सुरक्षित रहनुको मुख्य कारण आफुले आफ्नो र परिवारको स्वास्थ्यको लागि अपनाएको सुरक्षानै प्रमुख कारण रहेको बताइन । सधै मास्क लगाउनु, सामाजिक दुरी कायम गर्ने, हात धुने र सकेसम्म सार्वजनिक सवारी साधन प्रयोग नगर्ने जस्ता स्वास्थ्य सुरक्षा उपाय अपनाउदै आएकोले उनि र उनको परिवार सुरक्षित रहेको उनको भनाई छ । उनको भनाई अनुसार संक्रमणको नया रुपहरु देखिएको अहिलेको अवस्थमा स्वास्थ्य सुरक्षा उपायलाई निरन्तर पालना गरेमा भविष्यमा सुरक्षित रहन सकिने उनको अनुभव छ ।


दिनेश बैदवार-व्यवसायी:
अष्ट्रियाका सक्रिय युवा र एनआरएनए अष्ट्रीयाका युवा संयोजक दिनेश बैदवार दुई सन्तान र श्रीमती सहित भियनामा बसोबास गर्छन। कोरोना महामारीका कारण धेरैका व्यापार व्यवसाय घाटामा गएको अहिलेको अवस्थमा बेरोजगार हुनेको संख्या पनि बढिरहेको छ । उनको ब्याबसाय पनि कोरोनाको मारमा परेको छ तर पनि भविष्यमा स्थिति अनुकुल हुने उनको विश्वास छ । नया व्यवसाय शुरु गरेका बैदवार काम गर्ने शिलशिलामा आफै संक्रमित हुन पुगे र यो समय उनको लागि दुखद रह्यो। कोरोन भाइरसबाट संक्रमित हुँदा बैदवार शारीरिक रूपमा भन्दा बढी मानसिक रुप विछिप्त हुन पुगेको आफ्नो दुखद अनुभव सुनाउछन । उनकै भनाई अनुसार कोरोना संक्रमित भएको सार्वजनिक भएपछी साथीभाई र आफन्तले छि, छि, दूर, दूर गरेको पिडा दुखद थियो । आफु खाद्यान्न व्यावासी भएको र आफ्ना ग्राहकबाट संक्रमित भएको हुनसक्ने उनको अनुमान छ र रोग को कुनै ठुलो लक्षण नदेखिएको तर आफुलाई साधारण ज्वोरो आएको र श्रीमतीलाई भने जिउ दुखेको अनुभव सुनाए । युरोपका अन्य देशहरुमा नेपालीहरुलाई कोरोन लागेको कुरा सजिलै बाहिर आए पनि अस्ट्रियामा बाहिर नआउनुको कारण समाजमा एक अर्का प्रति बिस्वाश नभएको र यदि यस रोगको बारेमा जानकारी दिएमा भोलि सामाजिक वहिस्कार व्योहोर्नु पर्ने डरका कारण धेर ले रोग लुकाएको, क्वारेन्टाइनमा नबसी सामान्य हिडडुल र भेटघाट गरेकै कारण भिएनाको नेपाली समुदायमा रोग सरेको उनको आसंका छ । उनको अनुमानमा करिव २० जना नेपाली आफैले चिनेजानेका व्यक्तिले संक्रमण लुकाएको कारण अरुलाई सरेको आसंका छ । यो महामारीले मानव जातिलाई जति रुवाए पनि औषधि पत्ता लागेको कारण छिट्टै नै जनजीवन सामान्य हुने उनको विश्वास छ ।


रविचन्द्र भट्टराई, पत्रकार-लेखक:
नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाली समुदाय केन्द्रित अन्तरक्रिया गर्दै आएको र यसको ४८ औ सृंखला सम्पन्न भैसकेको छ । नेपाली समुदाय केन्द्रित अन्तरक्रियालाई निरन्तरता दिने कार्यमा पत्रकार रविचन्द्र भट्टराई को विशेस भूमिका छ । युरोपका आम नेपालीले ब्योहोरे जस्तै उनले पनि कोरोना संक्रमण पछि आर्थिक नोक्सानी व्योहोर्नु परेपनि कोरना महामारीकै कारण आफुले संक्रमण पछि उत्पन्न असहज परिस्थितिमा धेरै कुरा सिक्न पाएको अनुभव भट्टराईले कुराकानीको क्रममा बताए । कोरोना महामारीमा निकै लोकप्रिय बनेको जूम संवाद मार्फत भएका बैठक र छलफल मार्फत समुदायसंग अन्तरक्रिया गर्दै सहयोगको हात अघि बढाउन पाउनुले आफुलाई गर्वको अनुभूति भएको उनको भनाई छ ।

सुरुवातका दिनमा भौतिक रुपमा रोजगारीकै करण सबै ठाउँमा उपस्थित हुन नसक्ने बाध्यता थियो उनलाई तर यतिबेला जूम मार्फत डायस्पोराका नेपालीहरुसंग सम्पर्कमा रहन भट्टराईलाई यो फोरमले उल्लेख्य सहयोग पुर्यायो । युरोपका विभिन्न देशहरुमा बसोबास गर्ने नेपाली कोरोना संक्रमण पछि आफु संक्रमित भएको कुरा बाहिर ल्याउदा समाजबाट बहिस्कृत हुनु पर्ने हो कि भन्ने डरनै मुख्य कारण रहेको उनको अनुभव छ । जूममा आयोजना गरिएको अन्तरक्रियाले विस्तारै नेपाली समुदाय सचेत बनेको र अनुभव साटासाट हुन थालेको उनले बताए ।

कोरोना महामारीको समयमा जूम प्रबिधि मार्फत आफ्नै पहलमा पत्रकार महासघ युरोप शाखा मार्फत प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम संचालन गर्दा खुल्ला समाज र बलियो संजाल निर्माणभै यूरोपमा बसोबास गरिरहेका नेपालीहरुका थुप्रै कथा सार्वजनिक गरन सफल रहेको र समुदायलाई अनलाइन प्रविधिको पत्रकारिता मार्फत यो संक्रमण कालमा सचेत गराउन ससक्त माध्यम बनाउन सकिएकोमा खुशी समेत व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन,

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै

काठमाडौैं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वाेच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको