एनआरएनहरुलाई पनि शान्ति र संविधानकै चिन्ता

१४ भाद्र २०६९, बिहीबार २१:२५ मा प्रकाशित


काठमाडौं, १४ भदौ । एनआरएनको सातौं क्षेत्रीय सम्मेलन बिहिबार अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । विश्वभरिबाट सिड्नीमा भेला भएका एनआरएनका प्रतिनिधीहरुले राजनैतिक स्थायीत्व, संविधान निर्माणका साथै आफूहरुले गर्नसक्ने लगानीको सुरक्षाका बारेमा चासो ब्यक्त गरेका बताइएको छ । उनीहरुले समयमै संविधान नबनेकाले लगानीको वातावरण नबनेको गुनासो गरेका थिए ।
सम्मेलनमा एनआरएनको विश्वभरिबाट ६ वटै क्षेत्रका प्रतिनिधिका साथै करिब ३ दर्जन देशहरुबाट सहभागिता छ । उदघाटन कार्यक्रममा मुख्यरुपमा विदेशमा रहेका नेपालीहरुले नेपालमा गर्न सक्ने लगानी र त्यसका लागि सरकारले गर्नसक्ने सहयोग र सरकारी दायित्वको बारेमा छलफल गरिएको सहभागीहरुबाट जानकारी प्राप्त भएको छ । तीन दिनसम्म चल्ने यो सम्मेलनबाट नेपालमा लगानीको वातावरण बनाउनुका साथै आपसी छलफलबाट ठोस निर्णय निकाल्ने आशा गरिएको छ ।
कार्यक्रममा एनआरएन का अध्यक्ष जीबा लामिछानेले आफुहरु नेपालमा लगानी गर्न अत्यन्तै इच्छुक रहेको तर अहिलेको राजनैतिक अन्यौलले समस्या आइरहेको बताएका थिए । जलविद्युत आफुहरुले पहिलो प्राथमिकता भएको र यसका लागि सामुहिक रुपमा एनआरएनले पहल थालिसकेको जानकारी पनि उनले दिए । एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल बिग्रियो मात्र भन्नुको साटो नेपालको अवस्थालाई सकारात्मक आँखाले हेरेर एनआरएन ले बिकासमा हात अघि बढाएको बताए ।

नेपालबाट कार्यक्रममा सहभागि हुन सिड्नी पुगेका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योग बाणिज्य महासंघ एनआरएनसँग सहकार्य गरेर अघि बढ्न हरदम तयार रहेको बताए भने उद्योग मन्त्री अनिल झाले एनआरएनको विकास कार्यक्रममा नेपाल सरकारले हरतरहले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले देश बिकासका लागि लागिपरेका आप्रवासी नेपालीहरुको चाहना र भावनाको कदर गर्दै उनीहरुको लगानीको सुरक्षा हुने र उनीहरुलाई उच्च महत्व दिने बताए ।

सो कार्यक्रममा सहभागी हुन शिक्षा मन्त्री दिनानाथ शर्मा समेत पुगेका छन् । उनले राजनैतिक गतिरोधले बिकास निर्माणमा कुनै असर नपर्ने धारणा राख्दै एनआरएन को बिकास निर्माणको हरेक कदमलाई सरकारले सहयोग र समर्थन गर्ने बताए ।

यसैगरी राष्ट्र बैकका गभर्नर डा. युवराज खतिवडाले एनआरएन लाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । लगानीको सुरक्षा ग्यारेन्टी गर्नुका साथै सरकारले उनीहरुको मुनाफालाई समेत बिदेश लैजान अनुमति दिने नियम बनाइसकेको जानकारी दिए ।
कार्यक्रममा अष्ट्रेलियाका आप्रवास तथा नागरिकता मन्त्री क्रिस वाउनले नेपालीहरुले अष्ट्रेलियाको बहुसाँस्कृतिक छविमा उच्च योगदान गरेको चर्चा गरेका थिए । सम्मेलनमा न्यू साउथ वेल्स राज्यका प्रतिनिधीका रुपमा सांसद् जेफ ली, अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र नेपाल, महावाणिज्यदुतहरु दीपक खड्का, चन्द्र योञ्जन लगायतले समेत आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल