संविधानसभा ब्युंताउनु ठूलो गल्ती हुनेछ : नेपाल

१४ भाद्र २०६९, बिहीबार २०:५९ मा प्रकाशित

काठमाडौं, १४ भदौ । सुस्त चालबाट पुनः संविधानसभा ब्युंताउने कसरत दलका नेताहरुबाट हुनथालेको अनुभूति भइरहेको परिवेशमा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हचुवा तालमा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने बताएका छन् । दलहरूबीच सहमति नभई संविधानसभा पुनःस्थापना गर्नै नहुने नेता नेपालको ठहर छ । पुनःस्थापना गर्नेतिर हतार गर्नुभन्दा संविधानको पूर्णता कसरी दिन सकिन्छ भन्नेतिर ध्यान दिनु जरुरी रहेको गर्दै एमाले भ्रातृ संगठन मुस्लिम इत्तेहादले बिहीबार राजधानीमा गरेको ुइद मिलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालले लाई सम्बोधन गर्दै नेता नेपालले विवादित विषयमा सहमति नै नभई संविधानसभा पुनःस्थापना भए पनि संविधान जारी हुन नसक्ने आशंका व्यक्त गरे । ुकुनै दाउपेचका लागि संविधानसभा ब्युताउँनु हुन्नु नेपालले भने, ुपहिला संविधान जारी गर्ने सुनिश्चित वातावरण तयार हुनुपर्‍यो । सबै दलहरूले इमान्दारिता प्रस्तुत गर्नुपर्‍यो ।ु

बाबुराम भट्टराईको सरकारले मुलुकलाई दिनप्रतिदिन कंगाल बनाउँदै लगेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री नेपालले नियम मिच्दै सरकार अघि बढिरहे पनि कारबाही गर्ने निकाय मूकदर्शक बनेको बताए ।

ुपोखरा विमानस्थलको विषयमा माओवादीले ठेकेदारबाट घूस लिएको स्विकार्दा पनि अख्तियार र अन्य निकायले किन कारबाही गर्न सकेन ? नेपालले प्रश्न गरे । भट्टराईले राष्ट्रियतामा आँच आउने गरी विभिन्न क्रियाकलाप गरिरहेको बताउँदै उनले तेहरान गएका भट्टराईले फेरि पनि विदेशी आशीर्वाद लिएर आउने तर्क गरे ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका