गैरआवासीय नेपालीहरुको सातौ क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आरम्भ

१४ भाद्र २०६९, बिहीबार २०:३० मा प्रकाशित

धर्मराज अधिकारी, सिड्नी, १४ भाद्र । गैरआवासीय नेपालीहरुको सातौ क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । सिड्नीस्थीत होटल मेन्जिजमा नेपालका शिक्षामन्त्री दीनानाथ शर्माले सम्मेलनको उद्‌घाटन गर्नुभयो । एनआरएन ओसिनिया क्षेत्रले पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा नेपाली डाएस्पोराका अगुवाहरुको उपस्थिति रहेको छ ।

सम्मेलनको सुरुमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भिडियो सन्देश देखाइएको थियो । प्रधानमन्त्रीले लगानी बोर्ड गठन गरिएको, त्यसमा एनआरएन प्रतिनिधि राखिएको जानकारी गराउँदै दोहोरो अंकको बृद्धिदरको लक्ष्य हाँसिल गर्न एनआरएनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
प्रमुख अतिथि एवं नेपालका शिक्षामन्त्री दीनानाथ शर्माले अहिले सम्बोधन गरिरहनुभएको छ । उहांले नेपालका दुर्गम ठाउंमा इन्जिनियरिङ कलेज, मेडिकल कलेज, पोलिटेक्निक कलेजमा लगानी गर्न आह्वान गर्नुभयो ।
नेपालीहरु बिदेश आएर पैसामात्र कमाएका छैनन धेरै सीप र सभ्यता सिकेका छन भन्दै मन्त्री शर्माले बिदेशबाट फर्केर गाइपालन, कृषि फार्म संचालन र अष्ट्रिच पालन जस्ता काम भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रबैंकका गर्भनर युवराज खतिवडाले एनआरएनले नेपालीका रुपमा पनि र प्रत्क्षय वैदेशिक लगानीका रुपमा पनि नेपालमा लगानी गर्न सक्ने बताउनुभयो । पछिल्लो दिनका तारे होटलमा कोठा नपाउने अबस्था आइसकेको बताउँदै गर्भनरले लगानी प्रर्बद्धनका सवै साङलाहारु तोड्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।

सम्मेलनलाई उद्योगमन्त्री अनिलकुमार झा, पूर्वमन्त्री एवं नेकपा एमालेका नेता भीम रावल, अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र नेपाल, एनआरएनका संस्थापक डा. उपेन्द्र महतो, एनआरएन अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार लगायतले पनि सम्बोधन गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र