आर्थिक विकासमा कृषि र पशुपालनको महत्व

आधुनिक कृषि यान्त्रिकरणसम्वन्धी कानून, मापदण्ड तर्जुमा र नियमन, कृषि, खाद्य एवं पशुसम्बन्धी प्रत्यायन प्रमाणीकरण, विकास र व्यवस्थापनसम्वन्धी कानुन, मापदण्ड र नियमन गरी साना सिँचाइ विकाससम्बन्धी मापदण्ड र नियमनलाई संघीय सरकारबाट ब्यवस्थित गर्नुपर्ने देखिन्छ ।
२४ पुष २०७७, शुक्रबार १०:११ मा प्रकाशित

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा हो । नेपालमा गाई, बाख्रा,भैंसी, राँगा, भेडा, च्यांग्रा, घोडा, गधा, खच्चड, गोरु, सुँगुर, बंगुर, बोका आदि जनावर तथा हाँस, कुखुरा, आदि पक्षी दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ । यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने मल, तथा गोरू, राँगाबाट पाइने श्रम प्राप्त हुन्छ । मानिसलाई कृषि पेसामा आकर्षित गर्न, जमिनको उर्वराशक्ति बढाउन र मलखादका रूपमा जनावरको बिस्टा प्रयोग गर्ने उद्देश्यले पनि पशुपालन गरिन्छ । पहाडी तथा हिमाली प्रदेशमा भारी बोक्नका लागि चौंरी, गधा, खच्चड, भेडा र बाख्राको प्रयोग गरिन्छ ।

तराईमा गोरु तथा राँगालाई गाडा तान्ने काममा प्रयोग गरिन्छ । दूध तथा दूधजन्य उत्पादन, मासु र अन्डा प्रोटिनका भरपर्दा स्रोत पनि हुन् । यस्ता वस्तुले कृषकको आय वृद्धि गर्नका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्दछन् । पशुपालन व्यवसाय नेपालको कृषि क्षेत्रको महŒवपूर्ण उपक्षेत्र हो । नेपालका कृषकले खेती तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई मिश्रित खेती भनिन्छ ।

इतिहास अध्ययन गर्दा फूलका विभिन्न जात, तरकारीका बिउ, कुखुरा तथा गाईका नश्ल भिœयाएर देशमा उन्नत प्रविधि ल्याउने प्रयास गरेको पाइन्छ । दोश्रो विश्वयुद्धपछि स्थापना भएका अन्तर्राष्ट्रिय संस्थाको अमेरिकन नियोगको माध्यमबाट, विश्व कृषि खाद्य संगठनलगायतका निकायको माध्यमबाट सञ्चालित कार्यक्रममार्फत् नेपालमा कृषि विकासका कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको पाइन्छ । योजनाबद्ध रूपमा प्रथम पञ्चवर्षीय योजना २०१३ बाट नै कृषि क्षेत्रको विकास लागि योजनावद्ध लक्ष्य, उद्देश्य सहितका कार्यक्रमको तर्जुमा तथा सञ्चालन गरेको पाइन्छ ।

राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ३० प्रतिशतभन्दा बढी योगदान पु¥याइरहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता यस पेशामा निर्भर आश्रित रहेको, करिब ८० प्रतिशत जनता यस क्षेत्रमा आबद्ध रहेको करिब ६५ प्रतिशत रोजगारी यस क्षेत्रले सिर्जना गरेको छ । कृषि पेसामा महिलाको सहभागिता करिब ७० प्रतिशतभन्दा बढी रहेको छ । वार्षिक ५ लाखभन्दा बढी रोजगारी यही क्षेत्रबाट सृजना भएको छ । समग्रमा नेपालको कुल गार्हस्थ उत्पादनको कृषि क्षेत्रबाट करिब ३० प्रतिशतभन्दा बढी योगदान पुराएको छ ।

यस क्षेत्रको योगदानमा पशुपालन क्षेत्रको योगदान करिब २६.८ प्रतिशत रहेको छ भने कृल गार्हस्थ उत्पादनमा पशुपालन क्षेत्रबाट करिब ११ प्रतिशत योगदान पुर्याएकाले कृषि र पशु विकासको क्षेत्रबाट राष्ट्रको समग्र अर्थतन्त्रमा पु¥याएको योगदानको महŒव निकै उच्च रहेको छ ।
नेपालको अर्थतन्त्रमा कृषिमा सबैभन्दा बढी जनसंख्या आश्रित रहेको क्षेत्र हो भने अन्य क्षेत्रले समेत आर्थिक विकासका लागि योगदान गरेका छन् । नेपालले कुनै एक मात्र क्षेत्रमा प्राथमिकताको नीति लिएको छैन । त्यसैले अर्थ व्यवस्थाका बहुक्षेत्रको विकासलाई आर्थिक विकासको कार्यसूचीका रूपमा लिने गरिएको छ नेपालले विगत नवौं योजनादेखि नै गरिबी निवारणको उद्देश्य राखेको छ । सबै विकास नीति, कार्यक्रममा गरीबी निवारण नै आर्थिक विकासको सूचक मानियो । अहिले गरीबी निवारणको लागि पनि कृषि, उद्योग, व्यापार पर्यटन, वैदेशिक रोजगारजस्ता क्षेत्रमा लगानी र विकास आवश्यक छ । यिनलाई आर्थिक विकासको प्रमुख पक्षका रूपमा पनि अघि सारिएको देखिन्छ ।
कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको करिव ३५५ योगदान पुराएको छ । ७३५ मानिस काम गर्ने क्षेत्रमा यो अनुपात भने न्यून हो । यसबाट के देखिन्छ भने कृषि व्यवसाय अंगाल्नेमा गरिबीको मात्रा बढी छ ।

कृषि उत्पादन अभिवृद्धि गर्न पूर्वाधार विकास जरुरी छ । कृषिलाई सिँचाइ सुविधा महŒवपूर्ण छ । करिव १८५ खेतियोग्य भूमिमा मात्र सिँचाइ सुविधा पुगेको छ । ग्रामीण सडकको विकास अझै महŒवपूर्ण पक्ष हो । यसैगरी कृषि वजारको विकासले कृषि क्षेत्रको समग्र विकासमा योगदान गर्दछ । तर कृषिका पूर्वाधार पर्याप्त हुन सकेका छैनन् । पशुपालन र कृषिलाई समयानुकुल परिवर्तन गर्न सकिएको छैन । कृषि क्षेत्र परम्परागत खेतीबाली र पशुपालनमा आधारित रहेको छ । भौगोलिक अवस्थितिअनुसार कृषिको विविधकरण हुन सकेको छैन । बहुखेती प्रणाली, नगदेवालीको उत्पादन, फलफूल खेती, पशुपंक्षी पालनजस्ता क्षेत्रले आर्थिक सामाजिक रूपान्तरणमा योगदान दिन सक्छ भन्नेमा नीति निर्माता नै अनभिज्ञ देखिन्छन् ।

२० वर्षे दीर्घकालीन कृषि नीति (२०५४–०७४) को प्रावधानअनुसार कृषिको विविधिकरण र व्यवसायीकरण गर्ने, कृषकलाई मल,विउ समयमा नै उपलब्ध गराउने, सिंचाई सुविधा अभिवृद्धि गर्ने, कृषि सडकको विकास, कृषि, बजारको विकास गर्ने, नगदेवाली, फलफूल खेतीको माध्यमबाट कृषिको व्यावसायीकरण गर्ने र आयस्तर बढाउने, कृषकका लागि आवश्यक प्रविधि एवं संस्थागत सहयोग उपलब्ध गराउने भन्ने नीतिमा उल्लेख गरिएको पाइन्छ ।

कृषि र पशुपालनलाई नीतिगत, संस्थागत र कानूनी ब्यवस्था गरेर समयानुकुल विकास गर्न खोजिएको पाइन्छ । वास्तवमा कृषिलाई आर्थिक विकासको आधार बनाउन खोजिएको भने कृषिको उत्पादकत्व अभिवृद्धि गर्नु पर्दछ । जसमा आधुनिक प्रविधिको अनुसरण, सिंचाई सुविधाको वृद्धि, नयाँ र उन्नत बालीको अनुसन्धान तथा विकास, मलको उपलब्धताका माध्यमबाट कृषिको उत्पादकत्व अभिवृद्धि गर्नुपर्दछ । यसबाट खाद्यान्नको उत्पादन वृद्धि, खाद्यन्नमा आत्मनिर्भरता रहनुको साथै खाद्यन्न खरिद गर्नुपर्ने अवस्था आउदैन । कृषि क्षेत्रमा आबद्ध मानिसहरूको आयमा वृद्धि भई गरिबी निवारणमा सहयोग पुग्दछ ।

कृषि र पशुपालनको व्यावसायीकरण तथा विविधिकरणबाट परम्परागत कृषिबालीको उत्पादन मात्र नगरी भौगोलिक एवं जलवायु समेतलाई दृष्टिगत गरी नगदेवाली, पशुपालन, पंक्षी पालन, फलफूल र तरकारी खेती जस्ता व्यवसायिक पद्दतिलाई कृषिमा अवलम्बन गर्ने उपाय सोच्नुपर्दछ ।

स्थानीय तहबाट सिँचाइ सुविधाको उपलब्धता, ग्रामीण कृषि सडकहरूको विकास गरी कृषिका लागि आवश्यक पूर्वाधारको विकास गर्ने, कृषि तथा पशु हाटबजारको विकास र कृषक सूचना केन्द्रको स्थापना गर्ने र बिचौलियाबाट मुक्त राखी बजारमा कृषकको पहुँच बढाउने व्यवस्था गर्न जरुरी छ । साथै प्रदेश सरकारबाट स्थानीय तहसँग सहकार्य गरेर कृषि सहुलियतका रूपमा कृषकलाई मल, बीउ, कृषि औजार तथा सिंचाई गर्ने स्यालो ट्युवेल, ट्रयाक्टर तथा आधुनिक प्रविधि खरिदमा अनुदान, सहुलियत उपलब्ध गराई कृषि क्षेत्रको विकासका लागि योगदान बढाउने कार्यमा विशेष कृषि योजना ल्याई कृषि सहुलियत उपलब्ध गराई प्रोत्साहन गर्न जरूरी छ ।

आधुनिक कृषि यान्त्रिकरणसम्वन्धी कानून, मापदण्ड तर्जुमा र नियमन, कृषि, खाद्य एवं पशुसम्बन्धी प्रत्यायन प्रमाणीकरण, विकास र व्यवस्थापनसम्वन्धी कानुन, मापदण्ड र नियमन गरी साना सिँचाइ विकाससम्बन्धी मापदण्ड र नियमनलाई संघीय सरकारबाट ब्यवस्थित गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा लामो समयदेखि स्वर सुनिँदै आएको छ। संस्थापन पक्ष जसरी

एमाले र माओवादी एकीकरण भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला तमासा देखाइरहेको छ । नेपाली कांग्रेस हात बाँधेर