आर्थिक अभावका कारण नेका महासमिति बैठक सर्ने सम्भावना

१४ भाद्र २०६९, बिहीबार १२:०३ मा प्रकाशित

काठमाडौं, १४ भदौ । आगामी असोज २४ देखि २७ गतेसम्म धनुषा जिल्लाको जनकपुरमा गर्ने निश्चत गरिएको नेपाली कांग्रेसको महासमिति बैठक तोकिएको मितिमा नहुने भएको छ । धनुषा जिल्ला सभापति तथा बैठक व्यवस्थापन पक्षले आर्थिक र अन्य भौतिक पूर्वाधार पूरा गर्न नसक्ने जनाएपछि बैठक मंसिरमा सार्ने तयारी भएको बुझिएको छ ।
बैठक गर्नको लागि आवश्यक रकम जिल्लासँग नभएको जनाउंदै धनुषा जिल्ला सभापति रासरोज यादवले बैठक गर्न १ करोड भन्दा बढी रकम आवश्यक पर्ने उल्लेख गरे । त्यो आफूहरुले उठाउन नसक्ने भएकोले बैठक मंसिरमा सार्न प्रस्ताव गरिएको उनले बताए । तोकिएकै मितिमा बैठक गर्ने हो भने काठमाडौंबाट कांग्रेस केन्द्रीय समितिले रकम दिनुपर्ने उनको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित