नेपाली ठग्ने कोरियाली सोलमा पक्राउ

१४ भाद्र २०६९, बिहीबार ११:४५ मा प्रकाशित

काठमाडौं, १४ भदौ । ग्वाटेमाला पठाई दिन्छु भन्दै नेपाली ठग्न प्रयास गर्ने तीन कोरियाली सोलमा पक्राउ परेका छन् । दक्षिण कोरियाको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ब्यूरोले ५३ र २९ बर्षका ली थर भएका दुई र ५८ बर्षका च्वे थर भएका एक जनालाई बुधबार पक्राउ गरेको समाचारमा जनाइएको छ । प्रहरीले ती दलालहरुको नाम गोप्य राखेको छ ।
कोरियाली अपराध अनुसन्धान ब्यूरोका अनुसार उनीहरुले गत डिसेम्बरमा रोजगारी गर्न ग्वाटेमाला पठाई दिने भन्दै ३८ जना नेपालीहरुबाट जनही २ लाखको दरले ७६ लाख रुपैयाँ उठाउने योजना बनाएका थिए । उनीहरु मध्ये एक जनालाई जेल चलन गरिएको र दुई जनालाई तारिखमा छोडिएको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालमा व्यावसाय गरिरहेका ५८ बर्षका च्वेको सहयोगमा ५३ बर्ष लीले पीडित नेपालीहरुको पासपोर्टमा स्पेनिश भाषा प्रयोग गरेर ग्वाटेमालाको नक्कली भिसा लगाएका थिए । सो नक्कली भिसामा २०१४ सालसम्म रोजगार गर्न ग्वाटेमाला जानुपर्ने उल्लेख गरेर इमेल तथा फयाक्सबाट ती नेपालीहरुलाई पठाइएको थियो । अधिकांश पीडितहरु नेपालमा चिकित्सक र शिक्षक रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन