जसरी पनि छिटो संविधान ल्याउन राष्ट्रपतिको आग्रह

१४ भाद्र २०६९, बिहीबार ११:३६ मा प्रकाशित

काठमाडौं, १४ भदौ । राष्ट्रपति डा. रामवरण यादव र प्रमुख दलका शीर्षनेताबीच भेटवार्ता भएको छ । शितल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपतिले के गर्दा संविधान आउंछ त्यो गरेर कुनै पनि मूल्यमा छिटो संविधान ल्याउन दलका नेताहरुलाई आग्रह गर्नुभएको शितल निवास सुत्रले जनायो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला, उप सभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायतका शीर्ष नेताहरु सहभागी छलफलमा अध्यादेशमाथि अध्यादेश थोपर्ने सरकारको रवैयाप्रति असन्तुष्ट रहंदै आएका राष्ट्रपतिले अध्यादेश ल्याउने नै हो भने पनि दलहरुबीच सहमति जुटाएरमात्र ल्याउन समेत आग्रह गरे । राष्ट्रपति निवासबाट फर्किएपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफूहरुले राष्ट्रपतिलाई बाँकी रहेका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनर्स्थापना गर्ने अथवा प्रकृयामा नै जाने बताएको उल्लेख गरे । विवादित विषय नमिलेमा ताजा जनादेशमा जानुपर्छ भन्ने सोच दलहरुको रहेको उनको कथन छ ।
उपप्रधान मन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपति संविधान ल्याउनुपर्नेमा चिन्तित रहेको जानकारी दिंदै कसै गरेर पनि संविधान जारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका