राष्ट्रपतिले आज प्रमुख दलहरुसंग छलफल गर्ने

१४ भाद्र २०६९, बिहीबार ०९:३९ मा प्रकाशित


काठमाडौं, १४ भदौ । राजनीतिक निकासका लागि लगातार विशेष चिन्ता दर्शाउंदै आएनुभएका राष्ट्रपति डा. रामवरण यादवले प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूसंग फेरि परामर्श गर्ने हुनुभएको छ । राजनीतिक समस्या निकासका सवालमा विचारपरामर्श गर्न आज बिहीबार शीतल निवासमा उहांले संयुक्त बैठक बोलाउनुभएको छ ।
दलहरुसंगको परामर्शमा राष्ट्रपति यादवले दलहरूलाई राजनीतिक मार्गचित्र तय गर्न दबाब दिनुहुने शीतल निवास सुत्रले जनाएको छ । स्रोतका अनुसार उहांले निर्वाचन या पुनःस्थापनामध्ये एउटामा सैद्धान्तिक सहमति जुटाउन नेताहरूलाई घच्घच्याउनुहुनेछ । निर्वाचनमा जाने भए संविधानसभा या संसद्को निर्वाचन र त्यसको संख्यामा समेत सहमति जुटाउन राष्ट्रपतिले आग्रह गर्नुहुने बताइएको छ ।
राजनीतिक सहमतिमा भन्दा ुअध्यादेशु मार्फत शासन सत्ता लम्ब्याउन खोजेको भन्दै सरकारसंग असन्तुष्ट रहंदै आएनुभएका राष्ट्रपति यादवले राजनीतिक सहमति नजुटाई सरकारबाट आउने अध्यादेश जारी नगर्ने संकेत दिइसक्नुभएको छ । सरकारले गत मंगलबार मात्रै तीन अध्यादेश राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ । तर अध्यादेशबारे अध्ययन भइरहेको भन्दै राष्ट्रपति कार्यालयले त्यो पन्छाइरहेको अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री