५ करोडभन्दा बढी ठगेको आरोपमा सिंह पक्राउ

१४ भाद्र २०६९, बिहीबार ०९:२६ मा प्रकाशित

काठमाडौं, १४ भदौ । ठगीका अनेक घटना सार्वजनिक भइरहंदा पनि ठग्ने र ठगिनेको संख्यामा बढोत्तरी भइरहेको देखिन्छ । ठगीको यही श्रृंखलामा अर्को एक घटना जोडिन आइपुगेको छ ।
विदेश पठाइदिने र सरकारी जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुसंग ५ करोडभन्दा बढी ठगेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मनोजबहादुर सिंहलाई पक्राउ गरेको छ । काठमाडौंको रानीबारीस्थित भोजपुरे खाजाघरबाट सिंह पक्राउ परेका हुन् । उनले बेलायत पठाइदिन्छु भन्दै २२ जनासंग प्रतिव्यक्ति रु ४ लाखदेखि ८ लाखसम्म लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सिंहले नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भनी ३२ जनासंग प्रतिव्यक्ति ५० हजारदेखि ८० हजार, नेपाली सेनामा जागिर लगाई दिन्छु भनी १२ जनासंग प्रतिव्यक्ति ५० हजारदेखि ३ लाखसम्म असुली गरेको प्रहरी अनुसन्धान ब्युरोले बताएको छ ।
त्यसैगरी बेलायत पठाउँछु भनी नक्कली भिसा उपलब्ध गराएर कुलदेव चौधरीबाट ५ लाख लिएको र अन्य १६ जनासंग ५ देखि १२ लाख लिएको, तुल्सी चौधरीसंग २४ लाख लिएको, जर्जिया पठाउंछु भनी मानबहादुर राईमार्फत दुई जनाबाट १ लाख लिएको, मिनबहादुर कार्की र सुनिल कार्की समेत २० जना लाई बेलायत पठाइदिन्छु भनी १ करोड ५१ लाख लिएको, राज किशोर महतोसहित १५ जनासंग नेपाल प्रहरीमा जागीर लगाई दिन्छु भनि ३५ लाख लिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको