नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

२० पुष २०७७, सोमबार ०८:१५ मा प्रकाशित

काठमाडौं । कोभिड-१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पिसिआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गाँशाला पठाएको थियो । पछि परीक्षण गर्दा पिसिआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिनुभयो । उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको