आइओसीले दियो ग्यास पाईपलाईनको प्रस्ताव

१४ भाद्र २०६९, बिहीबार ०९:२० मा प्रकाशित

काठमाडौं, १४ भदौ । इण्डियन आयल कर्पोरेसनको ग्यास पाइपलाई बरौनीसम्म आएको अवस्थामा आइओसीले एलपी ग्यासको पाइपलाइन नेपालसम्म जोड्न प्रस्ताव गरेको छ । मौखि रुपमा उताबाट प्रस्ताव आएको र त्यसलाई औपचारिक रुपमै प्रस्ताव गर्न नेपाल आयल निगमले आग्रह गरेको निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिए ।

‘हामीले औपचारिक प्रस्ताव पठाउन आग्रह गरेका छांै, आइओसीले पाइपलाइन मुजफ्फरपुरसम्म ल्याउने र त्यहाँबाट नेपालसम्म जोड्न प्रस्ताव गरेको छ, ग्यासको पाईपलाईन जोड्न सकियो भने नेपाललाई धेरै फाइदा हुने छ’, अग्रवालले भने । उनले पेट्रोलियम पाइपलाइनसंगै जोडेर ग्यास पाइपलाइन ल्याउन सकिने बताए ।
ग्यास पाइपलाइन निर्माण भए ढुवानी भाडा सस्तो हुनेछ । अहिले ग्यास ढुवानीका लागि महंगो शुल्क तिर्नु परिरहेको छ । बरौनीबाट काठमाडौंसम्म एक बुलेट ग्यास ल्याउंदा एक लाखभन्दा बढी रुपैयां तिर्नुपर्छ जसले गर्दा इन्धनको मूल्य महंगो परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ