एमाले असन्तुष्टहरुको टुंगो लाग्दै

१४ भाद्र २०६९, बिहीबार ०८:४३ मा प्रकाशित


काठमाडौं, १४ भदौ । जातीय राजनीतिमा संलग्न भनिएका नेकपा एमालेका असन्तुष्ट नेताहरु पार्टीमा रहने–नरहनेबारे अन्तिम टुंगो लाग्ने भएको छ । अन्तिम रुपमा आफ्ना कुरा राख्न एमाले स्थायी समितिले बोलाएको बैठकमा एमालेका असन्तुष्ट नेताहरु सहभागी हुने र त्यसलाई अन्तिम वार्ताकै रुपमा लिने निष्कर्ष उनीहरुले निकालेका छन् । असन्तुष्ट एमालेहरुको नेतृत्व गर्दैआएका उपाध्यक्ष अशोक राईको बुद्धनगरस्थित निवासमा बुधबार बसेको एक दर्जन नेताको छलफलले पार्टीको स्थायी समितिले आफ्ना कुरा राख्न बोलाएको बैठकमा भाग लिने निष्र्कष निकालेको छ ।
असन्तुष्ट पक्षले स्थायी समिति र केन्द्रीय कमिटीभन्दा तल्लोस्तरको पार्टी सचिवालयसंग चाहिं कुनै छलफल नहुने अडान लिएको छ । ‘पार्टीसचिवालयमा अध्यक्ष, उपाध्यक्ष र वरिष्ठ नेताहरु हुंदैनन्, त्यसैले हामीले स्थायी समितिसंग नै छलफल गर्ने अडान लिएका छौं’, असन्तुष्ट पक्षका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले भने ।
असन्तुष्टहरु अब पार्टीमा रहंदैनन् बरु उनीहरुले अलग दल नै दर्ता गराउन सक्छन् भन्ने अनुमान सर्वत्र भइरहेका सन्दर्भमा पार्टीले बोलाएको छलफलमा भाग लिने र त्यहीं सबै विषय संयुक्त रुपमा राख्ने असन्तुष्ट पक्षको फैसलाले पार्टी फुटेर कमजोर हुने हो कि भन्ने चिन्तामा रहेको एमाले नेतृत्वमा केही आशा जगाएको बुझिएको छ ।
तर, असन्तुष्ट नेता मुहम्मद रिजवान अन्सारीको कथनले भने एमाले नेतृत्वलाई अझै ढुक्क हुन दिएको छैन । अन्सारीले भनेका छन्– ‘एमाले नेतृत्वसंग हाम्रो यो अन्तिम वार्ता हुनेछ, पार्टीले हाम्रा मागलाई कसरी सम्बोधन गर्छ त्यहीं हेर्नेछौं र भावी दिशा तय गर्नेछौं ।’
संघीयताबारे नेतृत्वसंग कुरा नमिलेपछि पार्टी उपाध्यक्ष अशोक राईसहित जनजाति, मधेसी र मुसलमान गरी एक र्दजन केन्द्रीय तहका नेता एमालेसंग असन्तुष्ट रहंदै आएका छन् । असन्तुष्टहरुले आफूहरुले प्रस्तुत गरेको नौ बुंदे मागबारे पार्टी नेतृत्वबाट स्पष्ट खाका प्रस्तुत हुनुपर्ने माग दोहोरयाइरहेका छन् । स्थायी वा केन्द्रीय कमिटीमा हुने छलफलबाट पनि कुनै समाधान ननिस्किए औपचारिक रुपमा पार्टीमा नरहने निक्र्योल उनीहरुले निकालीसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार