दुई राप्रपाको एकीकरण प्रक्रिया अन्तिम चरणमा, हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको टुङ्गो महाधिवेशनले लगाउने’

१४ भाद्र २०६९, बिहीबार ०६:४१ मा प्रकाशित


काठमाडौ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रपतिले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् । राप्रपा सिन्धुपाल्चोक जिल्लाद्वारा आयोजित कार्यक्रममा राणाले सो कुरा बताएका हुन् । वर्तमान सरकारप्रति निकै नै आक्रामक रूपमा प्रस्तुत भएका राणाले सरकारले अध्यादेशको भरमा सत्ताको आयु लम्ब्याउन चाहेको आरोप लगाए ।
अर्का वक्ता राप्रपाका प्रभावशाली नेता बुद्धिमान तामाङले मुलुक पूर्वराजा निलम्बित भएकै अवस्थामा फर्किसकेको दाबी गरे । तामाङले ०६२/६३ को आन्दोलनको उपलब्धि आन्दोलनकारीहरूले नै समाप्त पारेको आरोप लगाए । मुलुकको परिस्थिति जटिल मोडमा पुगेका कारण कुनै पनि बेला जे पनि हुनसक्ने धारणा तामाङले राखे । सरकारले सरकारी मोर्चा गठन गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाउदै ठूला दलहरूप्रति जनतामा चरम वितृष्णा फैलिएको दाबीसमेत उनले गरे ।
यसैबीच राप्रपा जनशक्ति र राप्रपा नेपालबीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तीनवटै पार्टी एकीकृत भएर सशक्त वैकल्पिक र राष्ट्रवादी पार्टी जन्माउनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, राजेश्वर देवकोटा, केशरबहादुर विष्टलगायतका नेताहरू सक्रिय थिए । राप्रपाका अधिकांश नेताहरू बरु राप्रपा नेपालसग मिल्नुपर्ने तर जनशक्तिको बार्गेनिङ स्वीकार्य नहुने भन्दै अध्यक्ष पशुपतिशमशेर राणालाई दबाब दि“दै आइरहेका थिए । जनशक्तिका केही नेताहरूले राप्रपा नेपालसंग तत्काल एकीकरण नगर्न दबाब दिइरहेको स्रोतले बताएको छ ।
राप्रपा नेपालको वीरगन्जमा केही दिनपछि बस्ने बैठकले एकीकरणको अन्तिम टुङ्गो लगाउनेछ । हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको टुङ्गो महाधिवेशनले लगाउने सर्तमा एकीकरण प्रक्रिया टुङ्ग्याउने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाबीच हालै भएको भेटमा एकीकरणको टुङ्गो लगाउने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित