ब्राह्मण लागे सङ्गठन विस्तारमा

१४ भाद्र २०६९, बिहीबार ०६:३५ मा प्रकाशित

काठमाडौं, १४ भदौ । राष्ट्रिय अखण्डता, जातीय सद्भावको नारा लिएर अघि बढेको ब्राह्मण समाज यतिखेर आफ्नो सङ्गठन विस्तार गर्न लागिपरेको छ । ०६२/६३ को आन्दोलनपश्चात् नयां नेपालको नाममा मुलुकलाई प्लटिङ गरेर जातीय आधारमा बांडफांड गर्ने दुष्प्रयास भएपछि देशको रक्षाका लागि सङ्घर्षरत ब्राह्मण समाज पहिला भने सङ्गठित हुने कार्यमा लागेको थिएन । आफू जन्मिएको देश प्राणभन्दा पनि प्यारो हुन्छ भन्ने कुरालाई उजागर गर्दै मुलुकलाई टुक्राटुक्रा गरेर जातीयताका आधारमा विभाजन गर्ने कार्यलाई क्षत्रीसंगको संयुक्त आन्दोलनले आजका दिनसम्म रोक्न सकेको बताइन्छ । सङ्गठन र सङ्गठित नभएपछि हेपाहा प्रवृत्ति बढ्ने कुरालाई मध्यनजर गर्दै ब्राह्मणहरू यतिखेर गाउं–टोलमा सङ्गठित हुन थालेका छन् । यसैक्रममा काठमाडौंको ३२ वडामा प्रथम वडासभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष रुवयनाथ कोइरालाले अखण्ड नेपाल ब्राह्मण समाजको मूलमन्त्र भएकाले यसलाई कहीं–कतैबाट भत्काउने दुष्प्रयास भए आफूहरू बलिदान दिन तयार भएको बताउनुभएको थियो । ब्राह्मण समाजका आजीवन सदस्य धर्मराज पौडेलले हिजो हाम्रा पुर्खाहरूले रगत, पसिना बगाएर एवम् बुद्धि लगाएर बचाएको र स्थापना गरेको नेपाललाई डलरवादीहरूले टुक्रा पार्ने रणनीति गरेको आरोप लगाउंदै पुर्खाको इज्जत र इतिहासलाई जीवन्त राख्न सबै ब्राह्मण–क्षत्री एक हुनुपर्ने कुरामा जोड दिनुभयो । हिजोसम्म मर्र्दा मलामी बांच्दा जन्ती जाने छिमेकीलाई डलरवादीहरूले चर्का नारा दिएर नाक, कान हेरेर व्यवहार गर्ने बनाउन खोजे पनि तिनीहरूको अभीष्ट पूरा नहुने उहांको भनाइ थियो । प्रथम भेलामा ब्राह्मण समाजका केन्द्रीय सचिव ओम शर्मा चापागार्इं, ललितपुर शाखाका सचिव डा. नारायणहरि गजुरेल, पत्रकार गोपाल घिमिरेलगायतका वक्ताले मुलुकको हितका लागि सम्पूर्ण ब्राह्मण एक हुनुपर्नेमा जोड दिनुभएको थियो । साधारणसभाले डिल्लीराज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय ब्राह्मण समाज ३२ वडा समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा धर्मराज पौडेल, सचिव अम्बिका सुवेदी, सहसचिव सुरज भट्टराई र सदस्यमा क्रमशः गोविन्दप्रसाद रेग्मी, माधवप्रसाद सिग्देल, सविता पोखरेल, महेन्द्र सिवाकोटी, विजय अर्याल र ठाकुर कंडेल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई