पाल्पाका विकासे अड्डामा कमिशनविना काम नहुने अवस्था

१४ भाद्र २०६९, बिहीबार ०६:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १४ भदौ । जिल्ला विकास समिति पाल्पाले आर्थिक वर्ष २०६८।०६९ मा सम्पादन गरेका कामहरुको समीक्षा गर्न आयोजना गरेको गोष्ठीमा सेवाग्राहीहरुको गुनासो बढेपछि गाउं विकास समितिको समीक्षा प्रभावित भएको छ ।
बुधबारदेखि तीन दिनसम्म सञ्चालन हुने भनिएको समीक्षा गोष्ठीमा गाउं विकास समितिका सचिवहरुको प्रस्तुतिकरण स्पष्ट नभएको गाविसमा सम्पादित कामहरुको गाविसमा नै समीक्षा हुनुपर्ने र जिल्लामा कार्यरत सचिवहरुको इलाकास्तरीय प्रस्तुतिकरण पनि स्पष्ट नभएको गुनासो बढेपछि समीक्षा प्रभावित भएको हो । सम्पादित कामहरुको स्पष्ट खाका ह्यान्डआउट नभएपछि गाविस समीक्षा आज बिहिबारका लागि सारिएको छ ।
गाविस हकहित संरक्षण मञ्चका अध्यक्ष जयदेव पन्थीले गाविसका सचिवहरुले जिविसले दिएको खाका अनुसार विवरण भरेर ल्याएको र सम्पूर्ण विवरण अहिले नै उपलब्ध गराउन नसक्ने बताएपछि बुधबारको गाविसको प्रस्तुतीकरण स्थगीत गरि विषयगत कार्यालयहरुको प्रस्तुतीकरण भएको थियो । स्थानिय निकाय जनप्रतिनिधीविहिन भएको अवस्थामा गाउँ विकास समितिका सचिवहरुले नै सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका र एउटै सचिवले दुईवटा गाविसबाट भत्ताका रुपमा एउटाबाट ७७ हजार ४ सय ८६ र अर्कोबाट ७० हजार २ सयसम्म भत्ता बुझेको भेटिएको जिल्ला सेवा प्रवाह अनुगमन तथा छानविन समिति पाल्पाका संयोजक नेत्र पाण्डेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै संयोजक पाण्डेले समितिले प्रारम्भिक चरणमा ठूला योजना अनुगमन गरेको र अधिकांश योजनाहरुमा ठेकेदारहरुले काम नगरेको पाइएकोले ठेकेदारहरुलाई मौखिक रुपमा सचेत गराई कतिपय योजनाहरुका कामहरु सम्पन्न गरेको बताउनुभयो ।
अहिले विकासे अड्डामा कमिशन नभई काम नहुने अवस्था रहेकोले त्यो
अवस्थालाई चिर्नको लागि अनुगमन समितिले तदारुपताका साथमा काम गरेको बताउनुभयो । उहांले खानेपानि कार्यालयले टेन्डर प्रक्रियाविना नै काम गर्दै आएको, वन कार्यालयमा आन्तरिक चल्दै आएको, शिक्षा कार्यालयले वितरण गर्ने छात्रवृत्ति रकम विद्यार्थीहरुले नपाएको, कारागारमा भवन निर्माणका लागि लिएको ठेकेदार भागेको, अर्चले स्वास्थ्यचौकीमा ठेक्का भैसकेर पनि काम शुरु हुन नसक्नु जस्ता विषयमा सम्बन्धित कार्यालयले बेवास्ता गरिनुले कार्यसम्पादन राम्रो नभएको संकेत गर्ने उल्लेख गर्दै समितिले अनुगमन गरिसकेको र जनताबाट आएका गुनासाहरुका आधारमा छानविनको क्रममा रहेको उल्लेख गर्नुभएको थियो ।
गाविसको प्रस्तुतीकरण नभएपछि गोष्ठीको पहिलो दिन जिल्ला कृषि विकास, डिभिजन सहकारी, जिल्ला स्वास्थ्य लगायतका कार्यालयहरुले सम्पादन गरेका आफ्ना वार्षिक कार्यक्रमहरुको प्रस्तुती भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको