फेरि भयो ‘सहमति’मा पुग्ने सहमति : कति विश्वसनीय छ त पछिल्लो सहमति ?

१३ भाद्र २०६९, बुधबार २१:५५ मा प्रकाशित


काठमाडौं, १३ भदौ । पटक–पटक सहमति गर्दै र त्यसलाई तोड्दै आएका राजनीतिक दलहरुले पुनः दुई साताभित्र संकटको निकास निकाल्ने नयां बाचा गरेका छन् । लामो अन्तरालपछि गत आइतबारदेखि सुरु गरिएको सहमतिको नयां श्रृंखलाअन्तर्गत बुधवार भएको सत्तारुढ गठबन्धन र वीपक्षी दलहरुबीचको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकका सहभागी नेताहरुले एक हप्ताभित्रै सहमतिका प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी शीर्ष नेताहरुलाई दिइएको बताएका छन् ।
संविधानसभा विघटनपछि मुख्य दलहरुबीच बैठक नै बिरलै भएका थिए । भएका बैठकमा पनि नेताहरु सहमतिको चुरो फेला नपारी ‘सहमति गर्ने सहमति’ भएको भन्दै छुट्टिने गर्दथे । तर, राजनीतिक अन्योल लम्बिंदै गर्दा तीन प्रमुख दलका शीर्ष नेतृत्वको बैठक विवादित विषयमा प्रवेश गर्न थालेको छ । लामो अन्तरालमा आइतबार सुरु भएको सत्तापक्ष र विपक्षी दलहरुको बैठककै श्रृंखलाको रुपमा बुधबार उनीहरु एकै ठाउं बसेका थिए । जहांबाट नेताहरु ताजा निर्वाचन वा संविधानसभा पुनस्र्थापनमध्ये एउटा विकल्पमा सहमति जुटाउने जिम्मेवारी शीर्षनेताहरुलाई दिएर उठेका थिए ।
छलफलको निचोड सुनाउंदै एनेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले भने– ‘सहमति गर्न ढिला गर्नुहुन्न भन्नेमा सबै नेताहरु एकमत देखिए । छलफललाई निरन्तरता दिएर सातादिनभित्रै एउटा निश्कर्षमा पुग्ने तीनदलका शीर्ष नेताहरुले निचोड निकाल्नुभएको छ ।’ भदौ महिनाभरीमा चाहिं राष्ट्रलाई निकास दिनैपर्छ भनी नेताहरुबीच छलफल भएको सापकोटाले बताए ।
बैठकका अर्का सहभागी विपक्षी दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि विवादित मुद्दामा छलफल केन्द्रित गर्न बुधबारको बैठक बसेको प्रस्ट्याए । संविधानको अन्तर्वस्तुमा पनि कुरा गर्ने र सरकार निर्माणका कुरा पनि गर्ने भन्नेमा छलफल भएको उल्लेख गर्दै नेता पौडेलले बैठक उपलब्धिमूलक भएको संकेत गरे । संविधानसभा विघटन भएको तीन महिनापछि दलहरुले सहमति गरी मुलुकलाई अहिलेको संकटबाट निकास दिने बताएका छन् ।
सेना समायोजन विषेश समितिले भदौ २१ बाट समायोजन प्रक्रिया सुरु गर्ने भनी गरेको निर्णयलाई जेठ १४ पछिको सहमतिको पहिलो खुड्किलोका रुपमा हेरिएको छ । तर, नेताहरुको पटक–पटक टुटेको विश्वास र सहमतिमा परेको धांजा देखे–भोगेका जनता पछिल्लो सहमतिप्रति पनि पूर्ण विश्वस्त बन्न भने सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण