‘पल्लव साहित्य प्रतिष्ठान’ को स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्मपन्न

१३ भाद्र २०६९, बुधबार १९:४६ मा प्रकाशित

चितवन । नारायणगढको लायन्सचोक स्थित लायन्स भवन सभाकक्षमा ‘पल्लव साहित्य प्रतिष्ठान’को स्रष्टा सम्मान, पुरस्कार हस्तान्त्रण कृति विमोचन तथा साहित्यिक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्री बुँद रानाज्यूको प्रमुख आतिथ्यता एवम् ‘पल्लव साहित्य प्रतिष्ठान’का विशिष्ट सदस्य एवम् लामिछाने बन्धु सेवा समाजका केन्दिय अध्यक्ष श्री तिलकेश्वर लामिछानेको सभापतित्वमा संस्थाका संस्थापक अध्यक्ष श्री ऋषिप्रसाद लामिछाने गोर्खसाइलो स्वयम्ले नै सञ्चालन गर्नु भएको अति शिष्ट र सभ्य एवम् मनोरम उत्साहपूर्ण कार्यक्रमका बिच वरिष्ठ व्याकरण-भाषाविद्, छन्दमार्गी कवि एवम् साहित्यकार श्री डा. टङ्कप्रसाद न्यौपाने -धरान नगरपालिका-१४, विजयपुर, सुनसरी) ज्यूलाई ‘दुल्लभ लामिछाने स्मृति पुरस्कार’ नगद रू. ५,१११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले